स्वर्णलक्ष्मी साकोस झिलझिले सेवा केन्द्रको साधारण सभा सम्पन्न, माइन्यूट प्रमाणिकरण आगामी शुक्रबार हुने

झिलझिले/ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. सेवा केन्द्र झिलझिलेको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सोमबार झिलझिले स्थित सामुदायिक भवनमा विभिन्न विषयहरुमा छलफल गर्दै साधारण सभा सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि ज्येष्ठ शेयर सदस्य पदमबहादुर बस्नेतले स्वर्णलक्ष्मी सहकारी संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । नितान्त शेयर सदस्यहरुको मात्र उपस्थिति रहेको…

आई एम ई सेन्टर झिलझिलेको सेवा शिवसताक्षी ८ वडा कार्यालयसँगै सञ्चालन

२०६१ सालदेखि सेवा शुरु गरेको आई एम ई सेन्टर झिलझिलेले अत्याधुनिक सेवा मार्फत सेवा शुरु गरेको छ ।आई एम ई सब–सेन्टर बिर्तामोड मनि ट्रान्सफर आई एम ई सेन्टर झिलझिले यसै हप्तादेखि शिवसताक्षी नगरपालिका वडा नं. ८ को कार्यालय भवनको अघिल्लो भागमा सेवा शुरु गरेको हो ।आई एम ईका प्रोप्राइटर गणेश प्रधानले सतासीखबरलाई जानकारी दिएअनुसार स्वदेश…

शिवसताक्षीमा लागु औषध माफियाको नग्न साम्राज्य : कोशी प्रदेशकै दोस्रो ठुलो दुर्व्यसनी अखडा बन्दै नगर, गल्ली–गल्लीमा खुला किनबेच, भारतीय सवारीको संदिग्ध ताण्डव र नगरपालिकाको ‘कागजी बाघ’ साझेदारी कार्यक्रम

शिवसताक्षी/ दिनदहाडै चल्ने ‘सेतो विष’ (ब्राउन सुगर) को भूमिगत तस्करी, साँझ पर्नासाथ बस्ती र गल्लीहरूमा सक्रिय हुने ‘सिरिन्ज ग्याङ’ र नशाको तलतल मेटाउन सडकमै यात्रुमाथि खुकुरी नचाउने दुव्र्यसनीहरूको फौजका कारण झापाको शिवसताक्षी नगरपालिका यतिबेला लागुऔषध माफियाको सबैभन्दा सुरक्षित अखडा र संगठित अपराधको उर्वर भूमिमा परिणत भएको छ । नेपाल प्रहरीकै आधिकारिक तथ्यांकले देशभरमै सबैभन्दा धेरै…

सतासीधाम सामुदायिक वनमा पूर्वसमितिले लगाएको आरोप तथ्यहीन र भ्रामक

झिलझिले/ सामुदायिक वनको वर्तमान समितिलाई लगाइएको आरोप मिथ्या र भ्रामक भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।सतासीधाम सामुदायिक वन उपभोक्ता समूह माई नपा–८ इलाम, शिवसताक्षी नपा–८ झापाले सोमबार पत्रकार सम्मेलन गर्दै पूर्व अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिले वर्तमान समिति माथि लगाएका सबै आरोपहरु भ्रामक र पूर्वाग्राही रहेको बताएका छन् ।पत्रकार सम्मेलनमा वर्तमान अध्यक्ष नेत्रप्रसाद तिम्सिना,…

दोमुखामा श्रमदानबाट सजिसजाउ र सरसफाइ

दोमुखा/ दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको नवनिर्वाचित नेतृत्वले श्रमदानमार्फत दोमुखालाई सजिसजाउ गर्न थालेका छन् ।नेपालका मुख्य पर्वहरु नजिकिदै गर्दा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ काम सुरु गरिएको हो । दोमुखा पर्यटन बोर्डका प्रथम उपाध्यक्ष प्रेमध्वज जबेगुले सतासीखबरलाई जानकारी दिए अनुसार समितिको पहिलो बैठकमा निर्णय भएका कामहरु सुरु गरिएको छ । जसअनुसार…

धरमपुर साकोसको १६औं साधारण सभा सम्पन्न, शेयर सदस्यमूखी कार्यक्रम घोषणा

धरमपुर / शिवस्ताक्षी १ धरमपुर बजारमा रहेको धरमपुर बचत तथा ऋण सहकारी संस्था लिको १६औं बार्षिकोत्सव तथा साधारण सभा बुधबार सम्पन्न भएको छ । धरमपुर उत्तर तर्फको धरमपुर मिनी पार्कमा शिवसताक्षी १ का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सञ्चालक समितिका तर्फबाट संस्थाका अध्यक्ष कुमार शंकरले बार्षिक प्रतिवेदन पेश गरेका थिए । उनले…

0Shares