आई एम ई सेन्टर झिलझिलेको सेवा शिवसताक्षी ८ वडा कार्यालयसँगै सञ्चालन

२०६१ सालदेखि सेवा शुरु गरेको आई एम ई सेन्टर झिलझिलेले अत्याधुनिक सेवा मार्फत सेवा शुरु गरेको छ ।
आई एम ई सब–सेन्टर बिर्तामोड मनि ट्रान्सफर आई एम ई सेन्टर झिलझिले यसै हप्तादेखि शिवसताक्षी नगरपालिका वडा नं. ८ को कार्यालय भवनको अघिल्लो भागमा सेवा शुरु गरेको हो ।
आई एम ईका प्रोप्राइटर गणेश प्रधानले सतासीखबरलाई जानकारी दिएअनुसार स्वदेश तथा विश्वको जुनसुकै देशहरुबाट रकम पठाउन सहज हुने बताएका छन् । उनले यस मनि ट्रान्सफरबाट नेपालभरिका सम्पूर्ण बैंकहरुमा रकम डिपोजिटठ गर्न सकिने मात्र होइन, क्यूआरबाट आर्थिक कारोबार गर्ने, बिजुली इन्टरनेट लगायतको बिल भुक्तानी गर्न सकिने बताएका छन् । प्रधानका अनुसार गाडीको बीमा, स्वास्थ्य बीमा नवीकरण, विभिन्न इन्सुरेन्सको रकम भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । बैंकको पहुँच नभएको स्थानहरुमासमेत सेवा पु¥याउँदै आएको झिलझिले आई एम ई सेन्टर यसअघि झिलझिले बजार उत्तरको आफ्नै निवासमा सञ्चालनमा रहेको थियो । तर ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै हाल इलाका प्रहरी कार्यालय झिलझिले दक्षिण एसियन हाइवे छेउबाटै सेवा प्रदान गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares