दोमुखामा श्रमदानबाट सजिसजाउ र सरसफाइ

दोमुखा/ दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको नवनिर्वाचित नेतृत्वले श्रमदानमार्फत दोमुखालाई सजिसजाउ गर्न थालेका छन् ।
नेपालका मुख्य पर्वहरु नजिकिदै गर्दा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ काम सुरु गरिएको हो । दोमुखा पर्यटन बोर्डका प्रथम उपाध्यक्ष प्रेमध्वज जबेगुले सतासीखबरलाई जानकारी दिए अनुसार समितिको पहिलो बैठकमा निर्णय भएका कामहरु सुरु गरिएको छ । जसअनुसार दोमुखाका सुन्दरता पहिलो प्राथमिकतामा परेका छन् । दोमुखा प्रवेशद्वारमा निर्माण गरिएका छाता परिवर्तन, बुद्ध सांस्कृतिक उद्यान सजिसजाउ तथा बोट विरुवाहरुमा रङ्गरोगन साथै दोमुखा परिसर सरसफाइ र खाल्डाखुल्डी पुर्ने काम श्रमदानबाट गरिएको बताएका छन् । दोमुखा क्षेत्रमा यो पहिलो महिना हप्ताको तीनपटक श्रमदान गरिने भनिए पनि मौसमी प्रतिकूलताका कारण श्रमदान नियमित हुन सकेको छैन । श्रमदानमा स्थानीय व्यवसायी र स्थानीय व्यक्तिहरुको पनि उपस्थिति हुने गरेको जनाइएको छ ।
दोमुखा पूर्वकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र हो । यस क्षेत्रमा सिजन तथा विशेष चाडपर्वहरुमा भारतको सिक्किम, दार्जिलिङ, सिलिगुडी र नेपालका विभिन्न जिल्लाबाट आन्तरिक तथा वाह्य पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको छ भने भौतिक संरचनागत हिसाबले पनि यो क्षेत्र विकसित र मनमोहक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares