धरमपुर साकोसको १६औं साधारण सभा सम्पन्न, शेयर सदस्यमूखी कार्यक्रम घोषणा

धरमपुर / शिवस्ताक्षी १ धरमपुर बजारमा रहेको धरमपुर बचत तथा ऋण सहकारी संस्था लिको १६औं बार्षिकोत्सव तथा साधारण सभा बुधबार सम्पन्न भएको छ ।

धरमपुर उत्तर तर्फको धरमपुर मिनी पार्कमा शिवसताक्षी १ का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सञ्चालक समितिका तर्फबाट संस्थाका अध्यक्ष कुमार शंकरले बार्षिक प्रतिवेदन पेश गरेका थिए । उनले ७,८७,९९,३००/३० रुपैयाँको वासलात र १७,९१,०५७।५० रुपैयाँ खुद बचत रहेको बार्षिक प्रतिबेदनमा जानकारी दिएका छन् । त्यस्तै संस्थाको असार मसान्त सम्ममा बचत ५,५७,७१,३८२/४३ रुपैयाँ, ऋण लगानी ७,०७,४१,७५९/-, सेयर पुँजी ९०,६६,८००/-, जगेडा कोषमा ८९,६७,८९६/९९ रुपैयाँ, जम्मा आम्दानी १,००,२८,१६९/- रुपैयाँ, जम्मा खर्च ८२,३७,११२/११ भएको अध्यक्ष शंकरले बार्षिक प्रतिबेदन मार्फत जानकारी गराएका छन् । संस्थामा हाल जम्मा ४ सय ३२ जना शेयर सदस्य रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख छ । सभामा प्रस्तुत सञ्चालक समिति र लेखा समितिको प्रतिवेदन सुझावसहित पारित गरिएको संस्थाका ब्यबस्थापक बिनोद ढकालले जानकारी दिएका छन् । साधारण सभामा प्रमुख अतिथि चेम्जोङ , वडा सदस्य नारायणप्रसाद रिजाल, संस्थापक अध्यक्ष सुर्यकिरण ढकाल, पूर्व अध्यक्ष दिपकुमार श्रेष्ठ लगायतले सुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा संस्थाले बर्षेनी प्रदान गर्दै आएको उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी कर्मचारी पुरस्कार लगायतका विभिन्न विधामा शेयर सदस्यहरुलाई पुरस्कार एवं सम्मान गरिएको थियो । यसरी पुरस्कृत हुनेमा क्रमशः उत्कृष्ट बचतकर्ता- भिम बहादुर थापा शिवसताक्षी १, फूलकुमारी चेम्जोङ्ग शिवसताक्षी १, कुमारी लिम्बू शिवसताक्षी२ उत्कृष्ट ऋणी दिपक श्रेष्ठ शिवसताक्षी १, देवेन्द्रकुमार आङ्देम्बे शिवसताक्षी १, शान्ता खापुङ्ग शिवसताक्षी २ रहेका छ्न् । त्यस्तै पत्रकारिताको माध्यमबाट सहकारीको उन्नयनको निम्ति उल्लेख्य भूमिका खेलेको भन्दै पत्रकार अनिलदेब राईलाई नगद सहित सम्मान गर्ने भएको छ । राईलाई संस्थाको स्थापना दिवस बैसाख २२ गते सम्मान गरिने ब्यबस्थापक ढकालले बताएका छन् ।

त्यसैगरि संस्थाले आगामी २०८२/०८३ मा सेयर सदस्यहरुलाई बिभिन्न सेवा सुबिधासँगै सामाजिक उत्तरदायीत्व बहन गर्ने योजनाहरु अघि सारेको छ । योजनाहरु निम्नुसार रहेको छ । मृत्यु संस्कार बापत रु. १०,०००/- देखि ३०,०००/-, क्यान्सर, मुटुको भल्भ फेर्न, मृगौला डायलसिस शल्यक्रिया, पूर्ण पक्षघात उपचारको लागि रु. १००००/-, दैबी प्रकोपले बसोबास गरिरहेको घर पूर्ण रुपमा क्षती भएमा रु. १०,०००/-, सेयर सदस्यलाई उपचारको लागि रगत आवश्यक परे १ पिन्ट रगत को शुल्क सुबिधा प्रदान गर्ने , ८० बर्ष माथिका शेयर सदस्यहरुलाइ ज्येष्ठ भत्ता बार्षिक १,०००/-, सुत्केरी एवं नवजात शिशु भेटघाट कार्यक्रम अन्तर्गत रु. १०,०००/-,. शेयर सदस्यहरुको रु. १,००,०००/- बराबरको दुर्घटना बिमा, न्यानो कपडा बितरण १५० थान बालकल्याण आधारभुत बिद्यालय शिवसताक्षी ५, गौरीशंकर आधारभुत विद्यालय शिवसताक्षी ६, शिव आधारभुत विद्यालय शिवसताक्षी ९, विद्युतिकरण हात्ती प्रबेस प्रभाबित क्षेत्र शिवसताक्षी न. पा. १ कमल पुल र फुलबारी चोकमा हेलोजिन बत्ती १, प्रहरी बिट ठूलो बनाउन रु. ५००००/- र पत्रकार सम्मान अनिलदेव राईलाई रु. ५,१००/- सहित सम्मान पत्र द्वारा सम्मान गरिने बताइएको छ । संस्थाका उपाध्यक्ष चन्द्रकुमार खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक बिनोद ढकाल र संस्थाका सचिब नारादमणी रिमालले संयुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares