सतासीधाम सामुदायिक वनमा पूर्वसमितिले लगाएको आरोप तथ्यहीन र भ्रामक

झिलझिले/ सामुदायिक वनको वर्तमान समितिलाई लगाइएको आरोप मिथ्या र भ्रामक भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।
सतासीधाम सामुदायिक वन उपभोक्ता समूह माई नपा–८ इलाम, शिवसताक्षी नपा–८ झापाले सोमबार पत्रकार सम्मेलन गर्दै पूर्व अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिले वर्तमान समिति माथि लगाएका सबै आरोपहरु भ्रामक र पूर्वाग्राही रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा वर्तमान अध्यक्ष नेत्रप्रसाद तिम्सिना, उपाध्यक्ष उमाकान्त लुइटेल, सचिव होमकुमारी भट्टराई, लेखा संयोजक रविनचन्द्र राई वचन, सल्लाहकार संयोजक ज्ञानेन्द्रबहादुर न्यौपाने, कोषाध्यक्ष पवित्रा थापा, सहसचिव अमर गजमेर, सदस्य देवीराम भट्टराई, सुकमान राई, यादव चापागाई, हेमराज पाण्डे र परिषद सदस्य बुद्धिप्रसाद भट्टराई, चुडामणी उप्रेती र सल्लाहकार सदस्य पर्शुराम खतिवडाको उपस्थितिमा सतासीधाम सामुदायिक वनको सभाहलमा पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा सामुदायिक वनले २०८२ चैत्र १४ गते समूहको कार्यालय सभाहलमा आफ्नो नियमित २७औं साधारण सभा (उपभोक्ता भेला) बोलाएको थियो । उक्त उपभोक्ता भेलामा सामुदायिक वनका वर्तमान समिति र सामुदायिक वनलाई समेत बदनाम र व्यक्तिको चरित्रहत्या गर्ने काम गरेकोमा समितिको गम्भीर ध्यान केन्द्रित भएको अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले बताएका छन् । उनीहरुले नियोजित रुपमा विभिन्न सञ्चार माध्यम प्रयोग गरी व्यक्तिको चरित्रहत्या गर्ने प्रपञ्च रचेको र सञ्चार माध्यमले पनि वस्तुगत यथार्थ बनुझी श्रव्य–दृश्य प्रशारण÷ प्रकाशन गरिएकोमा खेद व्यक्त गरेका छन् । निवर्तमान अध्यक्ष हेमबहादुर थापा, निवर्तमान उपाध्यक्ष ख्याम बुढाथोकी, शिवसताक्षी ८ की वडा सदस्य रीता थापाले साधारण सभाको मर्यादा विपरीत लेखा समिति, सल्लाहकार समिति र सिङ्गो समितिलाई तथ्यहीन विवरण पेश गर्दै अर्यादित हर्कत गरेकोसमेत पत्रकार सम्मेलनमा बताएका छन् । वर्तमान समिति हरेक किसिमले कानूनसम्मत भएको भन्दै यस्ता अनर्गल विषय ल्याएर समाजलाई दिग्भ्रमीत नगर्न आग्रह गरिएको छ । पत्रकार सम्मेलनमा सामुदायिक वनको सल्लाहकार संयोजक ज्ञानेन्द्रबहादुर न्यौपानेले वन संरक्षण गर्ने जिम्मेवारी पाएका तत्कालीन अध्यक्ष नै वन पैदावार फाडनीको अभियोगमा कारवाही स्वरुप दुई वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना परेका व्यक्तिहरुले यस्ता खालको आरोप–प्रत्यारोप गर्न उपयुक्त नभएको बताएका छन् । उनले तत्कालीन अध्यक्ष थापाले आम्दानी, खर्चको लेखा परीक्षण हुँदा वनक्षेत्रमा काम गर्ने मजदुर, विभिन्न पसलहरुमा बुझाउनु पर्ने बाँकी रकम बिल खर्चमा समावेश गरिएको तर सम्बन्धित व्यक्तिहरुलाई नगद भुक्तानी नगरेको तथ्यहरु हुँदाहुँदै गलत समाचार प्रवाह गरेकोमा लोकतन्त्रको दुरुपयोग गरेको भन्दै गलत आरोप नलगाउन पत्रकार सम्मेलनमार्फत आग्रह गरेका छन् । त्यस्तै सामुदायिक वनको लेखा संयोजक रविनचन्द्र राई वचनले तत्कालीन समितिका अध्यक्ष, उपाध्यक्षले लेखा समितिले सेटिङ्गमा काम गरेको आरोप लगाएको माथि आपत्ति जनाएका छन् । उनले तत्कालीन कार्यालय सचिव केदार भट्टराईको हिसाब अभिलेख अन्तर्गत सत्यमा आधारित आन्तरिक लेखा गरेको जानकारी गराउँदै आर्थिक वर्ष २०७९÷०८० मा ११ लाख ४२ हजार एक सय ५५ रुपैयाँ तत्कालीन अध्यक्ष हेमबहादुर थापाले हस्ताक्षर गरेर बुझेको र उक्त रकम बेरुजु देखाइएको आधारमा तथ्यहीन आरोम लगाएकोमा दुःख व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष नेत्रप्रसाद तिम्सिनाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ । २०८२ चैत्र १४ गते समूहको कार्यकक्षमा सम्पन्न भएको २७औं साधारण सभामा निवर्तमान अध्यक्ष हेमबहादुर थापा, निवर्तमान उपाध्यक्ष ख्याम बुढाथोकी र वडा सदस्य तथा निवर्तमान अध्यक्ष हेमबहादुर थापाकी धर्मपत्नी रीता थापा समेतले यस सामुदायिक वन उपभोक्ता समूहको वर्तमान कार्य समितिका पदाधिकारी, सदस्यहरु, लेखा समिति, सल्लाहकार समिति र सब डिभिजन वन कार्यालय तथा डिभिजन वन कार्यालय, इलामसमेतको मिलेमतो (सेटिङ्ग) मा सञ्चालन गरी आर्थिक अनियमितता गरेको भन्ने व्यहोराको सामाजिक सञ्जाल, विभिन्न अनलाइन मिडियाबाट प्रसारित समाचार प्रसारण गरेको सम्बन्धमा हाम्रो ध्यानाकर्षण भएको छ ।
सामाजिक सञ्जाल, अनलाइन मिडियामा उल्लेखित पूर्वअध्यक्ष थापा, पूर्वउपाध्यक्ष बुढाथोकी र वडा सदस्य रीता थापासमेतले आक्रोश र उत्तेजनापूर्ण व्यक्तिगत लाञ्छना लगाई व्यक्त गर्नुभएका सम्पूर्ण प्रस्तुती सत्यतथ्थहीन र भ्रमपूर्ण आक्षेप मात्र भएको व्यहोरा जानकारी गराइन्छ । वास्तविक यथार्थ के हो भने पूर्वअध्यक्ष थापा र पूर्वउपाध्यक्ष बुढाथोकीसमेतले वन क्षेत्रभित्र जथाभावी रुख काटी वन हानिनोक्सानी गरेको अभियोगमा डिभिजन वन कार्यालय इलामबाट मुद्दा दर्ता गरी सम्मानित इलाम जिल्ला अदालतबाट दोषी ठहर गरी फैसला भएको र पूर्व अध्यक्ष थापाको कार्यकालमा श्रमिक कामदारको ज्याला रकम भुक्तानी नगरी खर्च, बिल, भपाई पेस गरेको सम्बन्धमा निजका नाममा रु.११,७४,१५५ रकम लेखा परीक्षण प्रतिवेदनमा बेरुजु देखिएको र सो बेरुजु रकम तिर्न÷बुझाउन नपरोस् भन्ने उद्देश्यबाट प्रेरित भई जालसाझपूर्ण तबरबाट लेखा परीक्षण गरी मेरो नाममा बेरुजु देखाइएको भन्ने सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहको वर्तमान कार्य समितिलाई विपक्षी (प्रतिवादी) बनाई जालसाझ मुद्दा दर्ता गरेको र वर्तमान कार्य समितिलाई सामुदायिक वन सम्बन्धी कुनै कार्य नगर्न÷ नगरउन निषेधाज्ञा जारी गरिपाउँ भनी दर्ता गरेका दुवै मुद्दाहरु सम्मानित झापा जिल्ला अदालतबाट यस सामुदायिक वन उपभोक्ता समूहको वर्तमान कार्य समितिको पक्षमा निर्णय भएपछि आफ्ना नाममा देखिएको उल्लेखित बेरुजु रकम तिर्नु÷ बुझाउनु पर्ने परिस्थिति उत्पन्न भएकाले वहाँहरुले यस वन उपभोक्ता समूहका वर्तमान कार्य समिति, लेखा समिति, सल्लाहकार समिति र नेपाल सरकारको वन डिभिजन कार्यालय तथा सब डिभिजन कार्यालयका कर्मचारीहरु समेतमा अनावश्यक दोष र लाञ्छनापूर्ण अभिव्यक्ति दिएका हुन् । यस सामुदायिक वनको वर्तमान कार्य समिति कोही कसैको सेटिङ्ग भन्दा पनि संघीय लोकतान्त्रिक नेपाल सरकारको प्रचलित वन ऐन, निर्देशिका र वन उपभोक्ता समूहको प्रचलित विधान र कार्य योजनाको परिधीभित्र रही सञ्चालनमा रहेको जानकारी यसै प्रेस विज्ञप्ति मार्फत जनाकारी गराइन्छ । वर्तमान कार्य समितिले समूहको आम्दानी, खर्चको विवरण पारदर्शीपूर्ण रहेको जानकारी गराउँदै समूहको आम्दानी, खर्च सम्बन्धमा कुनैपनि समयमा कुनैपनि उपभोक्ताहरुले हेर्न, देख्न, छानबिन गर्न सक्नुहुनेछ । वर्तमान कार्य समिति यस सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरुप्रति जवाफदेही भई समूहको विधान र कार्य योजना अनुसार संघीय नेपाल सरकारको वन ऐन र कानूनको पालना गर्दै आगामी २०८३ मंसिर मसान्तसम्म कार्य समितिको कार्यावधि रहेकाले उक्त अवधिसम्म आफ्नो कार्य सम्पादन गर्न वैध रहेको अवगत गराइन्छ । साथै यस सामुदायिक वन उपभोक्ता समूहलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सब डिभिजन कार्यालय तथा डिभिजन वन कार्यालय इलामबाट प्राप्त प्राविधिक तथा प्रशासनिक सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै वन कर्मचारीहरु प्रति पूर्वअध्यक्ष थापा, पूर्वउपाध्यक्ष बुढाथोकी र वडा सदस्य रीता थापाको लाञ्छनापूर्ण अभिव्यक्तिप्रति दुःख र खेद प्रकट गर्दछौं । जालसाझ गरेको अभियोगमा चलाइएको मुद्दामा झापा जिल्ला अदालतले मिति २०८२÷१२÷१२ मा दावी नपुग्ने भन्ने फैसला गरेको पेसी स्थिति विवरण खुल्न आएको छ ।
सतासीधाम सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रफल ३३३ हेक्टर रहेको छ भने हालको उपभोक्ता घरधुरी ५५१ र पुरानो घरधुरी उपभोक्ता संख्या ७३४ रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares