मेची इङलिस स्कुलमा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम सम्पन्न
माइधार/ मेची इङलिस बोर्डिङ स्कुलमा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम-२०८३ कार्यक्रम सम्पन्न गरिएको छ। विद्यार्थीसँग साहित्य,कवितासँग भावना र सिर्जनासँग भविष्य जोडौँ भन्ने उद्देश्यका साथ विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तरगत आज शुक्रबार मेची इङलिस बोर्डिङ स्कुल शिवसताक्षी-१० माइधार झापामा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम गरिएको हो। विद्यालयका प्रधानाध्यपक पदमजंग कुँवरको अध्यक्षता एवम् नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य…
