जूनाम्पा र उसको दुःख
कविता * जूनाम्पा@ आराखा लागेपछिबाटो हल्लाउदैगाउँ उचालेर हिड्छअश्लील कर्कश शब्दहरुमा । उभित्रठूलो लाभा छ पीडाको जो विस्फोट गर्नएक्लै बर्बराउँदैआफैंलाई गाली गर्दै हिड्छसताउँछ मित्रलाईकराउँछ शत्रुलाईसराप्छ नेतालाईथुक्छ सत्तालाईअझधिक्कार्छ ईश्वरलाईजसले यति सुन्दर सृष्टि गर्योभुल्छ मृत्युलाईजो उसँगै छ । किरातीको छोरा# तोरेम्पाको सन्तान त पर्यो ऊआराखा खान उसलेआमाको पेटबाटै सिकेर आयोजहाँ जान्छ बिन्दासकति आराखा छोड्ने बाचा गर्योअहँ, सक्दैसकेन ।…
