भानु मावि लालझोडामा बाल दिवस कार्यक्रम
लालझोडा/ भानु मावि, शिवसताक्षी–७, लालझोडामा बाल दिवस मनाइएको छ ।‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ६१ औँ राष्ट्रिय बाल दिवस विशेष कार्यक्रमका साथ विद्यार्थीहरूको सक्रिय सहभागितामा मनाइएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डामकुमार कुँवरको अध्यक्षतामा विद्यार्थीहरुको गायन, नृत्य, कविता वाचन, बाल दिवस सम्बन्धी वक्तृत्वकला प्रस्तुत गरिएको थियो । प्रअ कुँवरले…
