झापा क्षेत्र नं. ४ मा संघीय निर्वाचनका लागि १६ को उम्मेद्वारी मनोनयन

झापा निर्वाचन क्षेत्र नं. ४ मा आसन्न संघीय निर्वाचनका लागि एक स्वतन्त्र सहित १६ जनाले मनोनयन दर्ता गरेका छन् ।

आज कन्काई नगरपालिका स्थित झापा जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. ४ निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गरेका हुन्। जस अनुसार स्वतन्त्रमा माजन माझी रहेका छन् भने श्रम संकृति पार्टीबाट अमृतादेबी राई, संघीय लोकतान्त्रिक मंच लिम्बुवानबाट किरण लिम्बू ,नेकपा मार्स्कवादी पुष्पलालबाट टेकबहादुर अधिकारी, नेकपा माओवादीबाट ताराबहादुर थापा, नेपाल मज्दुर किसान पार्टीबाट तुलसीलक्ष्मि दुमरु वाटी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट दिलिप धिमाल, नेपाली कांग्रेसबाट देउकुमार थेबे, जसपा नेपालबाट पल्टन ताजपुरिया, नेपाली कम्युनिस्ट पार्टीबाट पुरोषाेत्तम चुडाल, राप्रपाबाट भक्तिप्रसाद सिटौला, नेकपा एमालेबाट लालप्रसाद साँवा, जनमत पार्टीबाट लोप्रो हेमरम, रास्वपाबाट शम्भुप्रसाद ढकाल, उज्यालो पार्टी नेपालबाट सन्तोष तामाङ, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट श्रीनारायण राजवंशीले उम्मेरद्वारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares