आख्यान कृति प्रेरणा’को लोकार्पण हुँदै

आख्यानकार रन्जिला लिम्बूद्वारा लिखित उपन्यास ‘प्रेरणा’ एक विशेष कार्यक्रमका बीच लोकार्पण हुने भएको छ ।
स्रष्टा पब्लिकेशनका अध्यक्ष सुन्दर कुरुपका अनुसार पुस्तकको लोकार्पण यहि साउन ३१ गते शनिबार दूधेको होटेल हाइजेनिकमा हुने बताएका छन् । सतासी साप्ताहिक खबरपत्रिकाको आयोजना रहेको कार्यक्रममा काठमाडौंबाट वरिष्ठ साहित्यकार श्रवण मुकारुङ प्रमुख अतिथिको रुपमा आउने कार्यक्रम रहेको छ । कार्यक्रम अनुसार पुस्तकमाथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य मुनाराज सेर्मा, प्राज्ञ सदस्य सुमित्रा वाङदेल चेलीले चर्चा गर्नेछन् । लागु औषध दुव्र्यसनीलाई मुख्य विषय बनाएर लेखिएको पुस्तकले दुव्र्यसनमा फसेका र उक्त जटिलताबाट बाहिर निस्कन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने आशा गरिएको छ ।
स्रष्टा पब्लिकेशन दमकद्वारा प्रकाशन गरिएको ‘प्रेरणा’ आख्यान कृतिले विमोचन पछि पाठकहरुले अत्याधिक रुपमा रुचाउने आशा गरिएको छ ।
प्रेमको शक्ति सामथ्र्यले लागु औषधको जस्तोसुकै लतमा फसेको दुव्र्यसनी भए पनि पुनर्जीवन प्राप्त गर्न सकिने पुस्तकको सन्देश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares