मेची इङलिस स्कुलमा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम सम्पन्न

माइधार/ मेची इङलिस बोर्डिङ स्कुलमा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम-२०८३ कार्यक्रम सम्पन्न गरिएको छ। 

विद्यार्थीसँग साहित्य,कवितासँग भावना र सिर्जनासँग भविष्य जोडौँ भन्ने उद्देश्यका साथ विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तरगत आज शुक्रबार मेची इङलिस बोर्डिङ स्कुल शिवसताक्षी-१० माइधार झापामा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम गरिएको हो।

विद्यालयका प्रधानाध्यपक पदमजंग कुँवरको अध्यक्षता एवम्  नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य तथा समालोचक मुनाराज शेर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
 कार्यक्रममा प्रमुख अतिथि शेर्माले यस्ता साहित्यिक गतिविधिले विद्यार्थीहरुमा सिर्जनशीलता,आत्मविश्वास,अभिव्यक्ति क्षमता र साहित्यप्रतिको रुचि बढाउने बताए । 

साहित्यकार तथा गजलकार विवश बलिभद्र कोइरालाले कविता लेखन र वाचन सीपको विकासको सम्बन्धि सहजीकरण गरेका थिए ।
कार्यक्रममा स्रष्टा कवि विराट किराँती,साहित्यकार तथा सञ्चारकर्मी सेलिङ केसी,दिलिप घिमिरेले सृजना वाचन गरेका थिए भने सतासी खबरका पत्रकार रोम मगरले गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सतासी खबर सह-सम्पादक छविलाल दवाडी ,सतासी अनलाइनका सञ्चारकर्मी विष्णु श्रेष्ठ ,भूगोल नेटवर्कका ताङसाङ गगन ,सृजनशील खबरका पत्रकार  किशोर राई लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरुले वर्तमान अवस्थामा देश दुखेको,देशप्रेम,राष्ट्र र राष्ट्रियता,प्रकृति,पर्यावरण, जीवनको लक्ष्य आदि भावमा समेटिएका आफ्ना भावना, कल्पना र सिर्जनालाई कविताको माध्यमबाट प्रस्तुत गरेका थिए । 
कविता वाचन गर्ने विद्यार्थीहरुमा अलिना पौडेल, स्वेता बोहोरा, सिमरन संग्रौला,सन्ध्या खत्री,कृषा बोहोरा,ओशिका लिम्बू,प्रिन्सिका बाँस्कोटा,जस्मिन गहतराज,रोमिक दहाल,युना प्रसाईँ रहेका थिए । 

स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य माथि प्रकाश स-प्रअ सूर्यप्रसाद अधिकारीले गरेका थिए भने कार्यक्रम सञ्चालन गोपाल मैनाली गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares