माइधार/ शिवसताक्षी नगरपालिका वडा नं. १० मा आजबाट जग्गा धनी प्रमाण पूर्जाको लागि निस्सा वितरण गर्ने भएको छ ।
शुक्रबार वडा नं. १० का राजनीतिक दल, सामाजिक व्यक्तित्व र विभिन्न संघसंस्थाको उपस्थितिमा छलफल गर्दै आजबाट निस्सा वितरण गर्ने भएको हो । शिवसताक्षी नगरपालिका वडा नं. १० मा १२९६ बढीले निस्सा प्राप्त गर्ने उक्त सर्वदलीय बैठकमा वडा अध्यक्ष हर्कबहादुर सिगुले जानकारी गराएका थिए । शिवसताक्षी नगरपालिकाका सबै वडाहरुले निस्सा वितरण गरिरहेको बेला शिवसताक्षी ११ मा पनि निस्सा वितरणको तयारी रहेको वडा अध्यक्ष बहादुर आङबोले जानकारी गराएका छन् । आङबोका अनुसार वडामा सबै तयारी गरेर नगरपालिकामा पठाउने तयारी गरिएको बताएका छन् । वडा नं. ११ मा १३८० जनाले जग्गा धनी प्रमाण पूर्जाको लागि आवेदन दिएका थिए । नगरभरि ७ हजार बढी आवेदन परेको बुझिएको छ । सर्वदलीय बैठकले जग्गा धनी प्रमाण पूर्जाका लागि आवेदन दिएका सबै नागरिकलाई निस्सा वितरण गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।
राधाकृष्ण खनाल आयोगले माग गरेको निवेदनअनुसार निवेदन परेको रेकर्डको आधारमा निस्सा वितरण भइरहेको छ । निस्सा प्राप्ति पछि पहिलो प्रक्रियाको जग्गा धनी प्रमाण पूर्जा पाएको भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुले अनुभव गर्नेछन् ।
वडा नं. १० ले आजबाट निस्सा वितरण गर्ने, ११ का १३८० लागि पनि तयारी हुँदै
