नेरेसो शिवसताक्षीले रेडक्रस स्थापना तथा राष्ट्रिय बाल दिवसमा डिजिटल वक्तृत्वकला प्रतियोगिता गराउने

नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले डिजिटल वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवस तथा राष्ट्रिय बाल दिवस २०८२ को अवसर पारेर शिवसताक्षी नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६-१० मा अध्ययनरत विद्यार्थीहरू बीच हुने वक्तृत्वकलामा ‘रेडक्रसको चिनारी’ शीर्षकमा बढीमा पाँच मिनेटसम्मको भिडियो तयार गरी आफ्नो वा अभिभावकको फेसबुक आईडीबाट नेपाल रेडक्रस सोसाईटी शिवसताक्षी उपशाखा झापा, Gobinda Kafle O Positive, Lokraj Dhakal, Badrinath Khanal, Asmita Rai फेसबुक आईडीहरूलाई आगामी भदौ २५ गते अपरान्ह ४ बजेभित्र ट्याग गर्नु पर्ने जानकारी नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका सभापति गोविन्द काफ्लेले सतासीखबरलाई जानकारी दिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाले मूल्याङ्कन गर्ने प्रतियोगितामा एउटा विद्यालयका पाँच जनासम्म विद्यार्थीहरू सहभागी हुन सक्नेछन् भने Edit नगरिएको, Chat GPT को प्रयोग नगरिएको तथा कम्तिमा पाँच जनाले शेयर गरेको हुनुपर्ने बताइएको छ । त्यस्तै सहभगीले भिडियो बनाउँदा रेडक्रसको लोगो अंकित टिसर्ट वा विद्यालयको पोशाक लगाउनु पर्ने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ३ हजार, द्वितीय हुनेले २ हजार, तृतीय हुने प्रतियोगीले एक हजार र २ जनालाई सान्त्वना पुरस्कार ५/५ सय रुपैयाँका साथै प्रमाण पत्र प्राप्त गर्नेछन् । जसहाङ्मा लिम्बूले प्रथम पुरस्कार, श्रीप्रसाद खरेलले द्वितीय पुरस्कार, महेन्द्र भट्टराईले तृतीय पुरस्कार र निर्मला उप्रेती (प्रसाईं) सान्त्वना पुरस्कार प्रयोजन गरेको सभापति काफ्लेले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares