झापा जिल्ला सितोरियो कराते संघको साधारण सभा तथा कार्यालय उद्घाटन


दूधे/ झापा जिल्ला सितोरियो कराते संघ प्रथम ऐतिहासिक साधारण सभा तथा दीक्षान्त समारोह सम्पन्न भएको छ ।
शनिबार दूधे स्थित दूधे रंगशालामा एक कार्यक्रमका बीच कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन) ले खेल जगत्ले समाजलाई मर्यादित र अनुशासित बनाउने भएकोले प्रथम ऐतिहासिक साधारण सभाको सफलताको कामना गरेका छन् । प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख थोप्राले नगरपालिकाका विभिन्न वडामा सितोरियो कराते खेल सञ्चालन गरेर व्यक्तिगत आत्मरक्षा गर्दै युवा बालबालिकालाई शारीरिक तथा मानसिक तन्दुरुस्तीमा भूमिका निर्वाह गरेकोमा प्रशंसा गरेका छन् ।


कार्यक्रममा सितोरियो कराते संघ प्रदेश अध्यक्ष कुबिरमान राई, नेपाल कराते महासंघ प्रदेश उपाध्यक्ष सौरव प्रधान, राष्ट्रिय रमणीय आदर्श मावि दूधेका शिक्षक जीतलाल चौधरी, भानु मावि लालझोडाका शिक्षक सन्तोष लावती, शिक्षक यादव घिमिरे लगायत अतिथिहरुको उपस्थिति तथा मन्तव्य रहेको थियो ।
साधारण सभाले यसै कार्यकालमा विभिन्न कारणले कारवाहीमा परी रिक्त भएको पदमा ३ व्यक्तिको थप मनोनयन गरिएको छ । यसरी मनोनित हुनेहरुमा ज्ञानेन्द्र कुलुङ, टंकप्रसाद तुम्बापो र नामयोक्सा खोयाहाङ रहेका छन् । मनोनित सदस्यहरुलाई आउँदो बैठकमा केही महत्वपूर्ण पदीय जिम्मेवारी दिइने झापा जिल्ला सितोरियो कराते संघका अध्यक्ष प्रविन माबो (पशुपति)ले सतासीखबरलाई जानकारी गराएका छन् ।
साधारण सभाको अवसरमा अघिल्लो दीक्षान्त समारोहमा उत्तीर्ण गरेका ब्ल्याक बेल्ट (फस्ट डन) ८ जना खेलाडीलाई ओहोदाको प्रमाण पत्र तथा बेल्ट प्रदान गरिएको छ । यसरी बेल्ट प्राप्त गर्नेहरुमा क्रमशः प्रकृति तामाङ, पूजा तामाङ, मिक्सा फेम्बू, प्रशान्त मगर, नुमा बेघा, तोगेरा एभेङ, शुकमान लिम्बू र प्रयास राई रहेका छन् ।


झापा जिल्ला सितोरियो कराते संघमा अध्यक्ष प्रविन माबो (पशुपति), उपाध्यक्षमा मदनकुमार राजवंशी, कोषाध्यक्षमा जमुना राई, सचिवमा चन्द्रप्रसाद राई, सदस्यहरुमा क्रमशः सन्त राई, धिरेन गुरुङ, झगेन्द्र दर्नाल, सन्तबहादुर राई रहेका छन् । अन्य खाली पदलाई अन्य उपाध्यक्ष, महासचिव र सदस्य पदमा जिम्मेवारी बाँडफाँड गरिने बताइएको छ ।
वर्तमान अध्यक्ष प्रविन माबो (पशुपति)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मदनकुमार राजवंशीले गरेका थिए भने सञ्चालन चन्द्रप्रसाद राईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares