सवारी दुर्घटनामा परी एक जना महिलाको घटनास्थलमा नै मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक ७ पशुहाट डाँडा स्थित पूर्व पश्चिम लोकमार्गमा आज बिहान ८ बजे भएको सवारी दुर्घटनामा परी झापाको कमल गाउँपालिका ५ सितापुरी निवासी मुना गौतमको घटनास्थलमै मृत्यु भएकोे प्रहरीले जनाएको छ ।
दमकबाट पाडाजुँगी तर्फ जाँदै गरेको प्र १–०२–००२ ख ०९१२ नम्बरको मालवाहक ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्र १–०१–०१२ प ९३१२ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकलमा सवार अन्दाजी बर्ष ४२ की मुना गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल चालक मृतकका श्रीमान बर्ष अन्दाजी ४३ का सुकदेव गौतमको बाँया खुट्टामा सामान्य चोट लागेकोले दमक अस्पतालमा उपचार भैरहेको छ ।
ट्रक चालक तेह्रथुम लालिगुँरास नगरपालिका ४ बस्ने बर्ष २५ को आङदावा शेर्पा, ट्रक र मोटरसाईकल इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
दमकमा भएको सवारी दुर्घटनामा परी मुना गौतमको मृत्यु
