बालिकालाई गर्भवती बनाएर फरार राई शिवगञ्जबाट पक्राउ

शिवगञ्ज/ सात महिनाअघि १६ वर्षिया एक नाबालिकालाई जवरजस्ती करणी गरी गर्भवती बनाएर फरार भएका गौरादह–९ बैगुन्धुराका ५० बर्षिय डिकबहादुर राई पक्राउ परेका छन् ।

गत माघको पहिलो साता १६ वर्षिया एक नाबालिकालाई डर त्रास देखाई करणी गरेर गर्भवती बनाई फरार रहेका राईकाविरुद्ध इलाका प्रहरी कार्यालय झिलझिलेमा जेठ २८ गते जबरजस्ती करणी सम्बन्धी कसुर दर्ता भएको थियो ।

जबरजस्ती करणी सम्बन्धी कसुर दर्तापछि बैगुन्धुराबाट फरार रहेका राईलाई आज (बुधबार) बिहान करिब ११ बजे गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले फरार राईलाई शिवगञ्जमा फेला पारेको हो । उनलाई आज नै मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणी कसूरमा जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान तथा कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares