दोमुखा/ दोमुखा धार्मिक तथा पर्यटन विकास व्यवस्थापन संंस्थाको तीन वर्षीय कार्यकालका लागि ४ अध्यक्षसहित सम्पूर्ण पदका लागि उम्मेद्वारी मनोनयन दर्ता भएको छ ।
संस्थाको १५औं वार्षिक साधारण सभा तथा सातौं महाधिवेशन अन्तर्गत शनिबार दोमुखामा सम्पूर्ण १५ वटा पदका लागि उम्मेद्वारी मनोनयन दर्ता भएको हो ।
संस्थाको यही भाद्र ३ गते १५औं साधारण सभा सम्पन्न भए लगत्तै न्यायिक समितिले निर्वाचनको लागि भाद्र १४ गते निर्वाचनको मिति तोकेको थियो । निर्वाचन समितिका संयोजक लिलाप्रसाद भट्टराईले दिएको जानकारी अनुसार भाद्र १४ गते गते सम्पन्न हुने निर्वाचनका लागि जम्मा ३२ जनाले विभिन्न पदका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । जसअनुसार अध्यक्ष पदका लागि मोहनबहादुर कार्की, मनबहादुर मगर, धनप्रसाद लावती र किरण ओलीले उम्मेद्वारी दर्ता गरेका थिए, जसमध्ये धनप्रसाद लावतीले उम्मेद्वारी फिर्ता लिएका छन् ।
त्यस्तै प्रथम उपाध्यक्षमा प्रेमध्वज जबेगु र ठाकुरप्रसाद ढकालले उम्मेद्वारी दर्ता गराएका छन् भने द्वितीय उपाध्यक्षमा इन्द्रप्रसाद न्यौपाने, कृष्णबहादुर बस्नेतले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । त्यस्तैगरी सचिव पदका लागि धनकुमार ढकाल र तेजप्रसाद भट्टराईले उम्मेद्वारी दिएका छन् । सहसचिव पदका लागि अग्निप्रसाद राई र देवीबहादुर चेम्जोङले उम्मेद्वारी दर्ता गरेका छन् । संस्थाको कोषाध्यक्ष पदका लागि चुनमाया दाहाल (आशा) र रेनुका फुयाँलले उम्मेद्वारी दर्ता गरेका छन् । सदस्य पदका लागि सूर्यप्रसाद निरौला, केशरकुमार हाङगम, उमेश माझी, बलबहादुर खुलाल, रेवतप्रसाद संग्रौला, मित्रप्रसाद थापा, प्रेमप्रसाद फुयाँल, महेन्द्र जोगी (गोपाल), कृष्णचन्द्र (सेलिङ केसी), हरेराम शाह, प्रेमनाथ जोगी, राममाया साम्सुहाङ (हिना), सविना लिम्बू (खेवा), सिता खत्री, मनकुमारी लावती योङहाङ, गंगादेवी खतिवडा, कमला लिम्बू, सिर्जना लिम्बू, उर्मिला सार्कीले सदस्य पदका लागि मनोनयन दर्ता गरेका छन् ।
अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका मोहनबहादुर कार्की नेपाली कांग्रेसबाट हुन् भने उनी शिवसताक्षी १० का एक व्यवसायी हुन् । मनबहादुर मगर दोमुखाबासी हुन्, उनी सामाजिक अगुवाको रुपमा क्रियाशील व्यक्तित्व हुन् भने वडा नं. १० का पूर्व वडा सदस्यसमेत हुन् । त्यस्तै किरण ओली दोमुखाका स्थानीय होटेल व्यवसायी हुन् भने उनी नयाँ अनुहार हुन् । यी तीन अध्यक्षका प्रत्यासीबीच भिषण चुनावी प्रतिस्पर्धा हुने भए पनि बाजी कसले मार्ला भन्ने विषयमा भन्न सक्ने अवस्था छैन ।
दोमुखा पर्यटन संस्थाको निर्वाचनमा अहिले अस्तित्वमा रहेका विभिन्न राजनीतिक दल प्रत्यक्ष अप्रत्यक्ष रुपमा क्रियाशील देखिन्छन् । जसअनुसार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निर्वाचनको तालमेलमा देखिन्छन् । जसअनुसार अध्यक्ष अध्यक्ष, द्वितीय उपाध्यक्ष र सचिव र केही सदस्यहरु नेकपा माओवादी केन्द्रको भागमा परेका छन् । त्यस्तै नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच समीकरण भएकोमा केही सदस्यहरु राष्ट्रिय जनमुक्तिको भागमा परेको छ । अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष रुपमा उम्मेद्वारी दिएको नदेखिएता पनि कुनै न कुनै हिसाबले निर्वाचनमा सहभागी हुने देखिन्छ । उनीहरुले अप्रत्यक्ष रुपमा स्वतन्त्र उम्मेद्वारलाई सघाउने बुझिन्छ ।
नेपाली कांग्रेस र नेकपा माओवादी बीच उम्मेद्वारको बारेमा सहज अवतरण देखिए पनि यता नेकपा एमालेमा छ जना अध्यक्षको आकांक्षी देखिएको थियो । सबै आकांक्षीहरु बाहिरबाट वैकल्पिक उम्मेद्वार पार्टीले अघि सारेपछि निवर्तमान अध्यक्ष धनप्रसाद लावतीले विपक्षमा स्वतन्त्र उम्मेद्वारी दिएको तर भोलिपल्ट नै अध्यक्षका प्रत्यासी उम्मेद्वार लावतीले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।
जे होस्, दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको निर्वाचनबाट धेरै जसो नयाँ अनुहार आउने संकेत देखिएको छ, सम्पूर्ण विजेता उम्मेद्वारहरुलाई अग्रिम बधाई ज्ञापन गर्दछौं ।
दोमुखा पर्यटन बोर्डको अध्यक्षमा ४ जनाको उम्मेद्वारी दर्ता, लावतीद्वारा उम्मेद्वारी फिर्ता
