दमकमा भएको सवारी दुर्घटनामा परी मुना गौतमको मृत्यु

सवारी दुर्घटनामा परी एक जना महिलाको घटनास्थलमा नै मृत्यु भएको छ ।पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक ७ पशुहाट डाँडा स्थित पूर्व पश्चिम लोकमार्गमा आज बिहान ८ बजे भएको सवारी दुर्घटनामा परी झापाको कमल गाउँपालिका ५ सितापुरी निवासी मुना गौतमको घटनास्थलमै मृत्यु भएकोे प्रहरीले जनाएको छ ।दमकबाट पाडाजुँगी तर्फ जाँदै गरेको प्र १–०२–००२ ख ०९१२ नम्बरको…

बालिकालाई गर्भवती बनाएर फरार राई शिवगञ्जबाट पक्राउ

शिवगञ्ज/ सात महिनाअघि १६ वर्षिया एक नाबालिकालाई जवरजस्ती करणी गरी गर्भवती बनाएर फरार भएका गौरादह–९ बैगुन्धुराका ५० बर्षिय डिकबहादुर राई पक्राउ परेका छन् । गत माघको पहिलो साता १६ वर्षिया एक नाबालिकालाई डर त्रास देखाई करणी गरेर गर्भवती बनाई फरार रहेका राईकाविरुद्ध इलाका प्रहरी कार्यालय झिलझिलेमा जेठ २८ गते जबरजस्ती करणी सम्बन्धी कसुर दर्ता भएको…

गौशालाका छाडा चौपायाले स्थानीय कृषकहरु पीडित

झिलझिले/ गौशालामा पालिएको पशु चौपायाले स्थानीयहरुलाई दुःख दिएको भन्दै आपत्ति जनाएका छन् ।गोलोक गोवर्धन गौशाला शताक्षीधाममा पालिएको गाई, गोरु आदि पशु चौपाया अनियन्त्रित भएको भन्दै शिवसताक्षी ८ स्थित सम्झना चौक र डुडामारी, शिवसताक्षी ११ पूर्व–पश्चिम मुख्य सडकखण्ड आसपासका किसानहरुले आपत्ति जनाएका हुन् । विगत लामो समयदेखि गौमाताको संरक्षण गर्ने उद्देश्यका साथ गौशाला निर्माण गरी पालिएका…

श्रीकृष्ण जन्माष्टमीमा २० हजार बढी भक्तजनको सहभागीतासहित शिवसताक्षीमा वृहत् रथ यात्रा गरिने

शिवसताक्षी नगरपालिकामा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आगामी भाद्र १ गते बृहत रथ यात्रा हुने भएको छ । शिवसताक्षी नगरपालिका–६, शिवगञ्जस्थित सनातन धर्म संवर्धन संस्थाको आयोजनामा भगवान राधाकृष्णको रथयात्रा गरिने भएको हो । संस्थाले आज पत्रकार सम्मेलन गरेर आगामी भाद्र १ गते श्रीकृष्ण जम्माष्टमी मनाउन दिन दिनको १ बजे रथयात्रा गर्न तयारी सुरु गरिएको जानकारी दिएको…

आगामी कार्तिक १५ देखि दूधे रंगशालामा सर्वाधिक पुरस्कार राशीको महिला गोल्डकप

झापाको शिवसताक्षी नगरपालिका ११ दुधे रंगशालामा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने भएको छ । आयोजक झापा महिला गोल्डकपले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारीको बारेमा जानकारी गराएको हो । शिवसताक्षी नगरपालिकाद्वारा यस क्षेत्रमा निर्माणाधीन दूधे रंगशालामा हुने उक्त प्रतियोगितामा आयोजक टिम सहित नेपालका तीग विभागीय टिमहरू त्रिभुवन…

झापामा मानव–हात्ती द्वन्द्व, ६ मानिस र ४ हात्ती मारिए

झापामा एक वर्षमा मानव र हात्तीको द्वन्द्वमा परी ६ मानिसले ज्यान गुमाएका छन् भने चार हात्ती मारिएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लामा हात्तीको आक्रमणमा परी ६ जनाले ज्यान गुमाएका हुन् ।उनीहरुलाई १० लाखका दरले ६० लाख रुपियाँ राहत वितरण गरिएको सूचना अधिकारी अमृत लिम्बूले बताएका छन् ।…

सरकारी योजनामा ढिलासुस्ती, निर्माण कम्पनीको लापरवाहीले छ वर्षमा पनि बनेन सतासी खोलाको पुल

छ वर्ष अघि सतासी खोलामा पुल बन्ने भएपछि त्यहाँका उपभोक्ताहरु हर्षित बनेका थिए । निर्माण शुरु भएको यतिका लामो समयसम्म पनि प्रि–स्ट्रेस पुल अझैसम्म निर्माण सम्पन्न नहुँदा स्थानीय उपाभोक्ताहरु निराश बनेका छन् ।यतिका लामो समयसम्म पुल नबन्दा स्थानीयबासी उपभोक्ताहरु वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा छन् । २०७७ सालमा तत्कालीन झापा क्षेत्र नं. ४ (क) का…

भोगचलन विद्यालयको, धनीपूर्जा व्यक्तिको : विद्यालयले भोगचलन गरेको जग्गा विद्यालयलाई नै हस्तान्तरण गर्नुपर्ने जिकिर

दूधे/ विद्यालयले चर्चेको जग्गा गैर सम्बन्धित व्यक्तिको नाममा बकस पास भएको समाचार अहिले शिवसताक्षीमा चर्चाको विषय बनेको छ ।झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माविले भोगचलन गर्दै आएको जग्गा व्यक्तिको नाममा बकस पास भएपछि समाचार सतहमा आएको हो ।जग्गा बकस पास भएसँगै उक्त जग्गामा निर्माण गरिएका सरकारी स्थायी भवन स्रोत…

0Shares