दूधे – नेपाल स्काउट सहिद भिमनारायण आधारभुत विद्यालय स्काउट दलका १२ जना विद्यार्थीहरु दिक्षान्त बनेका छन् ।
सोमबार साँझ शिवसताक्षी ११ दूधेको सहिद भिमनारायण आधारभुत विद्यालयमा क्याम्प फायर सहित विधिगत विद्यार्थीहरु दिक्षित बनेका हुन् । दिक्षित हुनेहरुमा चन्द्र ल्वागुन, भोला महतो, लक्ष्मण भुजेल, मनिस सुवेदी, नविन गिरी, रमेश गिरी, पूजा खड्का, ज्योती काम्बाङ, अर्पना जोगी, भूमिका नेपाल र भुमिका भुजेल दिक्षित बनेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल स्काउट शिवसताक्षीका अध्यक्ष डिगम पराजुलीले स्काउट अनुशासन, परोपकार र सेवा गर्ने संस्था भएकोले यसको शिक्षाबाट देशलाई फाइदा हुने बताएका छन् । कार्यक्रममा स्काउटर कमलबहादुर वस्नेत, सहिद भिमनारायण आवि. प्र.अ. प्रभाकर भण्डारी, स्काउटर कालीप्रसाद रिजाल, सविता ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।