शिवसताक्षी–स्थानीय तहको निर्वाचन शुक्रबार ५ बजे सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिकाको विभिन्न मत केन्द्रहरुमा सम्पन्न निर्वाचनबाट ६७.८५ प्रतिशत मत खसेको छ ।
शिवसताक्षी नगरपालिकामा कुल मत संख्या ५५ हजार ३ सय ७८ रहेकोमा शुक्रबार सम्पन्न निर्वाचनबाट ३७ हजार ५ सय ७४ मत खसेको हो । जसअनुसार शिवसताक्षी वडा नं. १ मा ३ हजार ८२ मत खसेको छ भने वडा नं. २ मा ३ हजार १ सय ३६, वडा नं. ३ मा २ हजार २ सय ८७, वडा नं. ४ मा ३ हजार २ सय ८८, वडा नं. ५ मा २ हजार ५ सय ७, वडा नं. ६ मा ३ हजार ५७, वडा नं. ७ मा ४ हजार ३ सय ९१, वडा नं. ८ मा ४ हजार ६ सय ४६, वडा नं. ९ मा ३ हजार ४ सय १८, वडा नं. १० मा ३ हजार ३ सय १४ र वडा नं. ११ मा ४ हजार ४ सय ४८ मत खसेको छ ।
शुक्रबार सम्पन्न निर्वाचन सौहार्दपूर्ण वातावरणका साथ सम्पन्न भएको निर्वाचन आयोगले बताएको छ ।
आज राति १२ बजेदेखि मत गणना सुरु हुने अनुमान गरिएको छ ।