शिवसताक्षी नगरपालिकाको ११ वटा वडामा कुन–कुन ठाउँमा मतदान हुँदैछ ?

शिवसताक्षी – स्थानीय तह सदस्यको निर्वाचन हुन अब ४२ घण्टा मात्र बाँकी छ ।
शिवसताक्षी नगरपालिकाको निर्वाचनका लागि मतदान केन्द्र तथा उप–केन्द्रहरुमा निर्वाचनका लागि तयारी भइरहेको छ ।
वडा नं. १ को लक्ष्मीनारायण मावि धरमपुरलाई मतदान केन्द्र तोकिएको छ । वडा नं. १ मा मतदाता संख्या ४ हजार ४ सय ९७ रहेको छ भने वडा नं. २ का लागि मोति मावि मंगलबारेलाई तोकिएको छ । वडा नं. २ मा ४ हजार ५ सय ३९ मतदाताहरु रहेका छन् । त्यस्तै वडा नं. ३ मा ३ हजार ४ सय ४० मतदाता रहेका छन् भने वडा नं. ३ का लागि भानु मावि पाराबारीमा मतदान केन्द्र तोकिएको छ ।
त्यसैगरी वडा नं. ४ मा ३ हजार ८ सय ५ मतदाता रहेका छन् । वडा नं. ४ का लागि त्रिभुवन मावि पाँचगाछी र मञ्जुश्री आधारभुत विद्यालयमा मतदान हुनेछ । त्यस्तै वडा नं. ५ मा ३ हजार ३ सय ४८ मतदाता रहेका छन् भने ५ का लागि सुर्योदय आधारभुत विद्यालय, बालकल्याण आधारभुत विद्यालय र कनकाई प्राथमिक विद्यालयमा मतदान केन्द्र तोकिएको छ ।
त्यस्तै वडा नं. ६ का लागि जनआदर्श मावि शिवगञ्ज र सामाजिक आदर्श प्रावि निपत्रियामा मतदान हुनेछ । वडा नं. ६ मा ४ हजार ४ सय ५ मतदाताहरु रहेका छन् । त्यस्तै वडा नं. ७ मा ६ हजार ७ सय २७ मतदाता रहेका छन्, ७ मा भने भानु मावि लालझोडा, शुक्र मावि चन्द्रडाँगी, वडा नं. ७ को वडा कार्यालय चन्द्रडाँगी र लालपानी माविमा मतदान हुने भएको छ ।
त्यस्तै वडा नं. ८ मा ७ हजार १ सय ५९ मतदाता रहेका छन् । ८ मा भगवती आधारभुत विद्यालय डुँडामारी, अरुणोदय प्राथमिक विद्यालय डाँडागाउँ, झिलझिले मावि झिलझिले र सरस्वती प्राथमिक विद्यालय जरुवानीलाई मतदान केन्द्र तोकिएको छ । त्यसैगरी वडा नं. ९ मा ५ हजार १ सय ३३ मतदाता रहेका छन् भने वडा नं. ९ मा सतासी प्राथमिक विद्यालयमा मतदान हुनेछ ।
त्यसैगरी वडा नं. १० मा ४ हजार ७ सय ४३ मतदाता रहेका छन् । १० मा भने बाल निकुञ्ज मावि आँपटारी र दिपेन्द्र आधारभुत विद्यालय टेक्रामा मतदान हुदैँछ । त्यस्तै वडा नं. ११ मा ६ हजार ७ सय ३८ मतदाता रहेका छन् । वडा नं. ११ का मतदान केन्द्रहरु दूधे स्थित राष्ट्रिय रमणीय आदर्श मावि र सहिद भिमनारायण आधारभुत विद्यालय बच्चाबरमा मतदान केन्द्र तोकिएका छन् ।
शिवसताक्षीको वडा नं. ८ मा सबैभन्दा बढी मतदाताहरु रहेका छन् भने वडा नं. ५ मा सबैभन्दा कम मतदाताहरु रहेका छन् ।
शिवसताक्षीमा जम्मा मतदाता संख्या ५४ हजार ५ सय ३४ रहेका छन् । वैशाख ३० गते बिहान ७ बजेदेखि मतदान हुँदैछ ।