शिवसताक्षी – शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन गरेको छ ।
बुधबारको कार्यपालिका बैठकले बजेट विनियोजन गरेको हो । शिवसताक्षी नगरपालिकामा हालसम्मकै सबैभन्दा ठूलो वडा सिलिङ बजेट परेको छ ।
शिवसताक्षी नगरपालिकाको प्रमुख मेघाहाङ थोप्रा (रोशन) ले सतासी खबरलाई जानकारी दिए अनुसार प्रत्येक वडामा ७५ लाख सिलिङ बजेट परेको छ । जसअनुसार ७० लाख वडा विकास र ५ लाख अन्य निश्चित योजनाको लागि बजेट परेको हो ।
नगरपालिकामा मिश्रित जनप्रतिनिधि हुँदा विगतको आर्थिक वर्षहरु भन्दा यो सिलिङ बजेट सबैभन्दा ठूलो हो ।
स्थानीय निर्वाचनताका संकल्प गरेको विकासको योजनाहरु यो बजेटले पनि पूरा नहुने एक वडाध्यक्षले बताएका छन् ।
शिवसताक्षी नगरपालिकामा यस आर्थिक वर्षमा ५७ करोड १४ लाख बजेट परेको छ ।
बजेट विनियोजन भइरहँदा साहित्यकला, सूचना सञ्चार तथा महिला, बालबालिका अधिकार सम्बन्धी बजेट विनियोजन नभएको आम गुनासो आएको छ ।