झिलझिले । दमकमा एकै स्थानबाट चार प्रकारका मासु र मासु जन्य बस्तुहरु सहित रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर सञ्चालनमा आएको छ । दमक–८ हाइबे दक्षिणतर्फ दमक हस्पिटल नजिकै स्थापना भएको ‘हेल्दी फ्रेस एण्ड मिट मार्ट’सहित ‘यावा रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर’ आज (बुधबार) बाट आफ्नो सेवा सञ्चालनमा ल्यएको हो । ‘हेल्दी एण्ड फ्रेस मिट मार्ट’सहित ‘यावा रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र होटल व्यवसायि संघ माईपश्चिम क्षेत्रीय समितिका अध्यक्ष राजन दंगालले संयुक्त रुपमा मिट मार्ट एण्ड रेष्टुरेन्टको समुद्घाटन गर्नुभयो । मिट मार्टमा खसी (बोका), कुखुरा, राँगा (भैसी) र सँुगुरका मासु उपलब्ध हुने छ । त्यस्तैं, मासु जन्य बस्तुहरु (किमा, ससेज, सुकुटी) उपलब्ध हुने सञ्चालक सञ्जय राईले बताउनुभयो । सञ्चाल राईका अनुसार सोही, स्थानबाटै विभिन्न प्रकारका स्वाद सहित रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरले सेवा सुविधा दिइनेछ । मिट मार्टमा उपलब्ध हुने मासुलाई स्च्छ, सफा, स्वस्थ्यबद्र्धक, ताजा, गुणस्तरीय ढंङ्गले बिक्री गरिने सञ्चालकको भनाई छ । त्यस्तैं, सस्तो, सर्बसुलभ मूल्यसहित होम डेलिभरीको समेत सुविधा दिइएको छ । सञ्चालक राईले एउटै छानामुनीबाट यति धेरै मासुहरु बिक्री गर्ने व्यवसायिक कार्य दमकमा पहिलो भएको बताउनुभयो । दमकमा यो पहिलो नै हो, राईले भन्नुभयो–’व्यवस्थित र स्वस्थ्यवद्र्धक मासुलाई ग्राहकसम्म पुर्याउने हाम्रो लक्ष्य हो ।’ १० जनाले प्रत्यक्ष रोजगार पाउने मिट मार्ट एण्ड रेष्टुरेन्टमा एक करोड बढी लगानी रहेको सञ्चालकले बताउनुभयो । सञ्चालक राई दक्षिणकोरियाबाट फर्केका हुन । यसअघि, दमकमा राईले स्वास्थ्य क्षेत्रमा काम गरि अनुभव बटुल्नु भएको छ ।