दमक÷ यस हप्ता दमकको कस्मिक पार्टी प्यालेस खचाखच भरिएको थियो । सधैं विवाह, पार्टी जस्ता सामाजिक जमघट हुने पार्टी प्यालेसमा बेग्लै कार्यक्रमको आयोजना भइरहेको थियो । त्यहाँ ग्लोबल ओरियन्स नेपालले व्यापार मात्र गरेको थिएन, हजारौं मानिसहरु नेपालमा ख्याति कमाएका कविहरुको कविता सुन्न पनि भेला भएका थिए ।
कार्यक्रम लाइफ चेन्जिङ मोटिभेसनल इभेन्ट– कविता समागममा पूर्ण रुपमा रुपान्तरण भएको देखिन्थ्यो । उक्त विशाल कार्यक्रममा कवि सेलिङ केसी झापा, गीतकार तथा गजलकार विवश बलिभद्र कोइराला इलाम, कवि लीला अनमोल झापा, कवि रुमानी कुलुङ मोरंग, गजलकार कृष्ण कश्यप झापा, कवि तथा गजलकार मधु केरुङ पाँचथर, गजलकार कुमार प्रधान सुनसरी, कवयित्री सुनिता तामाङ झापा र कवि पुष्पहाङ लोवा पाँचथरले कवितामा व्यावसायिकता ओकलेका थिए । जीवनमा सपना बिनाको मानिस व्यर्थ हुन्छ भन्ने कवितात्मक मोटिभेसनको तथ्य खुलाइएको थियो ।
ग्लोबल ओरियन्स नेपालले ऐतिहासिक कार्यक्रम गरिरहँदा यो झापाकै ऐतिहासिक कार्यक्रम भएको वक्ताहरुले बताए । कार्यक्रममा प्रस्तुती दिदै ग्लोबल ओरियन्स नेपालका डाइरेक्टर बसन्त पण्डितले विगतमा यो व्यवसायले कानुनी व्यवधानको कारण गति लिन नसकेको जानकारी गराए । कार्यक्रममा सीईओ प्रकाश श्रेष्ठ, कन्ट्री डाइरेक्टर जगदीप चौहान, सिनियर डाइमण्ड रोयल डाइमण्ड राई, गोल्ड स्टार सोमराज राई, कार्यक्रम कोअर्डिनेटर अशोक बस्नेत, फाइभ डाइमण्ड कमलप्रसाद विष्ट, रोयल खगेन्द्रराज अधिकारी, रोयल शकुन्तला थापा, रोयल शान्तीकुमारी खड्का, रोयल कृष्णराज खड्का, आर एण्ड डी टिम दमकका परिकल्पनाकार राजन कार्की, प्रेसिडेन्ट रचना बस्नेत, गोल्ड डाइरेक्टर सन्दिप बस्नेत, सिनियर लिडर बुद्धिमान ढकाल, राजु रुचाल र सन्तोष बाँस्कोटा लगायतको भोटिभेसनल प्रस्तुती रहेको थियो । कार्यक्रममा हजारौं मानिसहरु टिकट काटेर हलभित्र प्रवेश गरेका थिए ।