झापा। बुवाको मुख हेर्ने दिनको अवसर पारेर ‘बा मेरा बा’ गीत सार्वजनिक भएको छ । भ्वाइस अफ नेपाल सिजन-१ का विजेता सीडी विजय अधिकारीको स्वर रहेको गीतको रचना डा. ऋषि बस्ताकोटीले गरेका हुन् भने खेम विश्वकर्माको संगीत रहेको छ ।

पुस्कर सुनुवारको संगीत संयोजनमा तयार पारिएको उक्त गीतलाई ‘द टच क्रियसन’ ले युट्युबमार्फत सार्वजनिक गरेको हो । लिरिकल भिडियो सार्वजनिक गरिएको गीतको भिडियोको सम्पादन मोहन सुनुवार (नवीन)ले गरेका हुन् ।गीतमा आफ्ना सन्तानलाई असल नागरिक बनाउनको लागि बुवाहरूले गरेको दुःख र संघर्षलाई प्रस्तुत गरिएको छ । सन्तानका सुन्दर भविष्यका लागि आफूले धेरै कुराहरू गुमाएर पनि आफ्ना सुविधाभन्दा सन्तानको प्रगतिमा खुशी हुने, सन्तानलाई सदा असल र सरल बन्न प्रेरित गरिरहने संसारभरका बाहरूलाई यो गीत समर्पण गरिएको गीतका रचनाकार बस्ताकोटीले बताए ।

आफुुले थुप्रै सदाबहार गितमा संगित भरेको तर बा प्रतिबाप्रति समर्पित गीत भने पहिलो पटक संगित भर्ने सौभाग्य मिलेको संगितकार खेम बिश्वकर्माले बताए ।  यो गितको संगित भर्दा आफू निकै भावुक बनेको र यो गीतको संगित कम्पोज गरिरहदा आफूलाई बुवासँग बिताएका क्षणहरू याद आएको उनले अनुभूति सुनाए । बिश्वकर्मा झापा स्थित रतुुवामाई बृक्षारोपाण आयोजना कार्यलयका प्रमुख हुन ।