झापा – किरात धर्म तथा साहित्य उत्थान संघ झापाको अधिवेशनबाट लक्ष्मी योङहाङको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको छ ।
किरात धर्म तथा साहित्य उत्थान संघ झापाको २६ औँ आजीवन भेला तथा छैटौं जिल्ला अधिवेशनले सोमबार उक्त समिति निर्वाचित गरेको हो । कार्यक्रम माइधारको खिजोलुङ माङहिम परिसरमा सोमबार सम्पन्न भएको हो ।

जिल्ला अधिवेशनबाट उपाध्यक्षद्वयमा लिलाबहादुर कन्दङ्वा, मुना याम्फू राई, सचिवमा कुमारसिंह साँवा लिम्बू, सह–सचिवद्वयमा विचारी लावती, बालकुमार लिम्बू, कोषाध्यक्ष छत्रमाया लिङ्देन, सह–कोषाध्यक्षद्वयमा विष्णु केरुङ बेघा, रिता फुरुम्बो, सदस्यहरुमा क्रमशः श्याम सेलिङ, देउकुमार लाबुङ, रामकुमार वान्तवा, सरस्वती कन्दङ्वा, केवलसिंह तुम्सा, दलकुमार शेर्मा, पुर्ण कन्दङ्वा, तिलबहादुर सिगू, टिका लिङ्देन, सञ्जिव योङहाङ, सूर्य योक्पान्देन, शुक्र योङहाङ निर्वाचित बनेका छन् भने निर्वाचित समितिको पहिलो बैठकले ४ जना जिल्ला सदस्यमा मनोनयन गरेको छ । जसअनुसार भिम योङहाङ, चन्द्र साँवा, कृष्णचन्द्र सेलिङ र ईन्द्रबहादुर योङहाङ (अशोक) निर्वाचित बनेका छन् ।उक्त भेलाले कृष्णध्वज लिङदेनको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । जसअनुसार चन्द्रप्रसाद योङया, भवानीविक्रम सेलिङ, नन्दराज योङहाङ, श्याम इधिङ्गो, इन्द्रकुमार शेर्मा, अर्जुन लिङ्देन लगायतको सल्लाहकार समिति चयन भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय उपाध्यक्ष हरि चोङबाङ (सेन्छेङहाङ), किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक तथा पूर्व राष्ट्रिय अध्यक्ष चन्द्रप्रसाद योङया लगायतको उपस्थिति रहेको थियो ।