भिम लामा
पाराबारी –
स्थानीय विकास सहकार्य केन्द्र भद्रपुरको आयोजनामा शिवसताक्षी ३ मा भान्सा नै औषधालय तथा क्षमता विकास तालिम शुक्रबार सम्पन्न भएको छ ।
विभिन्न रोग लाग्नबाट बच्न स्वस्थ्य खाना तयार गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ सुचारु कार्यक्रम आयोजना गरिएको स्थानीय विकास सहकार्य केन्द्र भद्रपुर झापाका अध्यक्ष राजकुमार कट्टेलले बताएका छन् ।
करिब ७० जना महिलाहरुको उपस्थितिमा गरिएको कार्यक्रममा शिवसताक्षी ३ को वडा अध्यक्ष भाष्कर न्यौपानेको प्रमुख आतिथ्यमा वडा सदस्य शंकर राईले शुभकामना मन्तव्य राखेका थिए ।
अतिथित्रय शिवसताक्षी ३ को वडा सदस्य तीर्था महरा, मुना तामाङ तथा लासाङ तामाङको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन महेश लामिछानेले तथा सहजीकरण कविराज निरिक्षक राजेन्द्र पोख्रेलले गरेका थिए ।
बिहिबार वित्तीय साक्षरता तालिम विराट प्राविधिक शिक्षा एवम् परामर्श प्रा.लि. शिवसताक्षीको आयोजनामा युवा लक्षित कार्यक्रमको सहजीकरण राजकुमार कट्टेलले गरेका थिए ।