शिवसताक्षी / झापाको शिवसताक्षी नगरपालिकाको वडा नं. २ को वडा अध्यक्षमा गठबन्धनतर्फ माओवादीका भिम नेम्वाङ्ग विजयी भएका छन् ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडामा खसेको कुल ३ हजार १ सय ३६ मत मध्ये १ हजार १ सय ९० मत प्राप्त गरी नेकपा माओवादी केन्द्रका भिमबहादुर नेम्बाङ विजयी भएका हुन् । उनले नेकपा एमालेका प्रदिप चिमरियालाई १ सय ५० मत अन्तरले हराउँदै विजयी भएका हुन् । नेम्बाङका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदिप चिमरियाले १ हजार ४० मत प्राप्त गरेका छन् ।
त्यस्तै वडा सदस्यहरुमा सबै नेकपा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । विजयी उम्मेद्वारहरुमा महिला सदस्य दुर्गादेवी बुढाथोकी १ हजा २ सय २० मत, दलित महिला सदस्य धनकुमारी तिवारी शंखर १ हजार १ सय २४ मत, भोजकुमार ढकाल १ हजार २० मत र यामबहादुर राईले १ हजार १ सय ८५ मत प्राप्त गरी विजयी घोषणा भएका हुन् ।
त्यस्तै उनीहरुका निकतटम प्रतिद्वन्दी माओवादी केन्द्रका भागिरथा खरेल १ हजार ३९, चम्पा विश्वकर्मा १ हजार ४३, खुल्ला सदस्यहरु उमाकान्त खनाल ९ सय ४१ र बुद्धराज शेर्माले ८ सय ३३ मत प्राप्त गरेका थिए ।