शिवसताक्षी

बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा वडाको नेतृत्व हाँक्न शिवसताक्षी ८ मा संघीय लिम्बूवान मञ्च नेपालले ज्येष्ठ नागरिकलाई वडा अध्यक्षको लागि अगाडि सारेको छ ।
शिवसताक्षी ८ का दलकुमार शेर्मा वडा नं. ८ का इमान्दार तथा जुझारु नेता हुन् ।
शिवसताक्षी ८ डुँडामारी निवासी दलकुमार शेर्मा पहिचानको मुद्दा उठाउँदै ७२ वर्षको उमेरमा जनताको सेवा गर्न शिवसताक्षी वडा नं. ८ को वडा अध्यक्षको प्रत्यासी उम्मेद्वार हुन् । समाजमा आफ्नो भौतिक उपस्थिति रहेसम्म व्यवस्थित राजनीति गर्ने बताउने शेर्मा अन्तिम समयसम्म समाज रुपान्तरणका लागि काम गरिहरने बताउँछन् । अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले निर्वाचनताका गरेको संकल्प पुरा गर्न नसकेको भन्दै वैकल्पिक शक्तिको लागि भएपनि उनी चुनावी रणसंग्राममा होमिएको विचार व्यक्त गर्दछन् ।
समाजमा राम्रो छाप छाडेका नेता दलकुमार शेर्मा इमान्दार भएकैले जित नजिक देखिएका छन् ।
२०४७ सालदेखि पहिचानका मुद्दा समाएर हिडेका शिवसताक्षी ८ का शेर्मा सकारात्मक पक्षको पृष्ठपोषक हुन् । उनको वडामा ५ हजार १ सय ७४ मत संख्या रहेको छ ।