शिवसताक्षी नगरपालिकाको आइतबार साँझदेखि अवरुद्ध भएको मतगणना चाँडै सुचारु हुने बताइएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले शिवसताक्षीमा खटिएका निर्वाचन अधिकृत ऋषि पौडेललाई फिर्ता बोलाएर मधु पोखरेललाई नयाँ निर्वाचन अधिकृतका रुपमा शिवसताक्षी खटाएपछि अहिले सर्वदलीय बैठक भइरहेको र सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुचारू हुने जनाइएको छ ।