शिवसताक्षीमा एमालेको विजयी शुरुवात, वडा नं. १ मा एमालेको प्यानलै विजयी

झापाको शिवसताक्षी नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडामा खसेको कुल ३ हजार ८२ मतमध्ये ९ सय ४८ मत प्राप्त गरी नेकपा एमालेका लक्ष्मीप्रसाद चेम्जोङ विजयी भएका हुन् । चेम्जोङका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का दुर्गा नेम्बाङले ९ सय २० मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेकै महिला सदस्यमा उमा माझीले एक हजार एक सय १९ , दलित महिला सदस्यमा निर्मला पौडेल (बराइली) ले एक हजार एक सय २९, खुल्ला सदस्यमा नारायणप्रसाद रिजालले एक हजार एक सय १० र अर्का खुल्ला सदस्यमा पूर्णजङ चेम्जोङले एक हजार २९ मत प्राप्त गरी विजयी भएका छन् ।


यो पनि हेर्नुहोस
कमल गाउँपालिकाको आव २०७९\८० को बजेट पारित, बजेट सन्तुलित भएको राय
जनप्रतिनिधि नरहदा पनि जनप्रतिनिधि कै आभाष
स्थानीय सञ्चार नीतिमा समेटिनुपर्ने विषयबारे कार्यशाला
वर्षा रोकिएसँगै बाढीपीडित भई विस्थापित भएकाहरु घर फर्कन थाले
विपन्न ५०घरपरिवारलाई बाख्रा उपहार
शिवसताक्षीमा मेयरसँग बालबालिका कार्यक्रम सञ्चालन हुने– नगर प्रमुख थोप्रा