विरेन्द्र राजवंशी

शिबसताक्षी

आसन्न निर्वाचनबाट पालिका वा वडाको नेतृत्व हाँक्न प्राय ठूला भनिएका दलले युवालाई अघि सारेका छैनन् । तर, साना दलले भने युवा पंक्तिलाई अघि सारेका छन् । शिवसताक्षी नगरपालिकामा उम्मेदवारी दिएका युवाले युवा स्वरोजगारसँगै कृषि र पर्यटनलाई बिषेश जोड दिएका छन् ।
०७४ सालदेखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका बर्ष २५बिरेन्द्र राजबंशी झापाको शिबसताक्षी नगरपालीका वडा नम्बर ५ बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । वडाध्यक्षमा उम्मेदवारी दिएका उनी शिबसताक्षी नगरकै  सबैभन्दा कान्छो उमेरको भएको निर्बाचन अधिकृतको कार्यलयले जनाएको छ । 

 उनि संगै सोही वडामा नेकपा एमालेबाट प्रतिस्पर्धीको रुपमा खडा भएका सिकिन पास्वान पनि  ३५को हाराहारी छन । उनि पाटीको झापा जिल्ला सदस्य हुन भने क्षेत्र नम्बर ४ का संघिय साम्सद एलपी साँवाको स्वाकिय सचिब समेत भएर काम गरेको अनुभब छ जुजारु दुई युवको बिचमा नेपाली काङग्रेसले कानुन ब्यबसयी समेत रहेका ५०को दशक हराहारी उमेर पुगेका  पदम थापालाई अघि सारेको छ ।  आदिबासी जनजाती समुदायको बाहुलयता रहेको यस वडामा कस्को पल्ला भारी हुने हो हेर्न बाँकी छ । शिवसताक्षीको हकमा  यो निर्बाचनमा  सबै भन्दा पाको वडाध्यक्षको उमेद्धारीमा वडा नम्बरका ९ का छबिलाल पाठक रहेका छन उनि ७३ बर्षको भएको बतइएको छ ।  उनि त्यस वडाको निबर्तमान अध्यक्ष समेत हुन ।
 नाती देखि हजुरबुवा उमेर समुहले  अध्यक्ष पदमा उमेद्धारी मनोनयनको दर्ता गराएको शिवसताक्षीमा  ५७ जना जनप्रतिनिधि छनौटको लागी २सय ३१ जनाले चुनाबी रणसंग्राममा भाग लिएका छन । यसको छनो फानो नगरबासीले बैसाख ३० गते गर्ने छन ।
५ नम्बर वडाका अध्यक्षका प्रत्यासी राजबंशीले महिला, अपाङग र पिछडा बर्ग मैत्री रोजगारलाई मुख्य चुनावी एजेन्डा बनाएको बताएका छन ।  अबको युवा पुस्ता हस्तक्षेपकारी प्रश्नसँगै नेतृत्व हाँक्न पनि सफल भइसकेको युवा उमेद्धारहरुको  भनाइ छ । भन्छन्, ‘पुस्तौंदेखि एउटै अनुहार देखिरहेका छौं । यो राजनीतिक संरचना फेरिन पनि हाम्रो हस्तक्षेप जरुरी छ । नेतृत्व अघिल्लो पुस्ताकोमात्रै पेवा होइन ।’ राजबंशी भन्छन ।

सन्तोष इजम


पाको उमेरका  उमेद्धारहरु जनताको मन जितेर वडाको नेतृत्वमा आउन चुनौती दिन्छन ।
 यता वडा नम्बर ६ मा नेकपा एकीकृत समाजबादीबाट अध्यक्षको उमेद्धारी दिएका सन्तोष इजम निकै प्रभाबसाली युवामा गनिन्छन । उनी नेपाली कांग्रसबाट बिद्रोह गरेर  नेकपा एस पाटीबाट अध्यक्षको चुनौती सामना गर्न लागेका  हुन । उनि भन्छन ‘राजनीतिमा युवाले आफ्नो प्रतिनिधित्व खोज्नु अग्रजको भाग खोस्नु पटक्कै होइन । बरु उहाँहरुको निर्देशन बमोजिम नयाँ परिवर्तनलाई आत्मसाथ गर्नु हो । त्यसैले युवा शक्तिको राजनितिमा उदय हुन जरुरी छ । तर उहाँहरूको विश्वासलाई पूरा गर्न हामीलाई चुनौती पनि हो  यदी जनताले साथ दिएमा  सक्छौं पनि उनले भने ।’
इजमको प्रतिद्धन्दीको रुपमा नेपाली काँग्रेसबाट युवा नेता मनोज खुलाल कार्की र नेकपा एमाले बाटा लोकबहादुर रोक्का रहेका छन ।