भान्सा नै औषधालय तथा क्षमता विकास तालिम कार्यक्रम स्थानीय विकास सहकार्य केन्द्र भद्रपुरको आयोजना तथा शिवसताक्षी नगरपालिकाको सहयोगमा आज शिवसताक्षी-३पाराबारीमा सम्पन्न गरिएको छ।

सो तालिममा शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत  महेश लामिछानेले भान्सा नै औषधालय तथा क्षमता विकास तालिमको उद्धेश्य माथि प्रकाश पारेका थिए । उद्घाटन शत्रमा शिवसताक्षी -३का वडा अध्यक्ष  कार्यक्रमका प्रमुख अतिथि भाष्कर न्यौपानेले भान्सा नै औषधालय कार्यक्रमलाई वडामा सञ्चालन  गरेकोमा धन्यवाद दिँदै वडाको सिलिङ वजेटबाट पनि यस्तै थुप्रै उपयोगी तथा  रचानात्मक कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि वडा सदस्यहरु लासाङ दोर्जे तामाङ ,शंकर राई,मुनाकुमारी तामाङ,तिर्था दर्जी र कार्यक्रमको सहजिकरण कविराज राजेन्द्र पोख्रेल रहेका थिए ।
परिवारको स्वास्थ्यमा आमाकाे भूमिका महत्त्वपूर्ण रहने र भान्सा नै औषधालय बनाउन आमाहरूको भूमिका रहने भएकाले कार्यक्रम वडाको प्रत्येक  टोलहरुबाट कार्यक्रममा ५०/६० जना आमाहरूलाई सहभागी गराइएको थियो ।
कार्यक्रम राजकुमार कट्टेलको अध्यक्षता भएकोे थियो ।