दोमुखा, बह–ुसांस्कृतिक उद्यन शिर्षकमा विनियोजन भएको रकम अन्य शिर्षकमा खर्च भएको भेटिएको छ । प्रदेश नं. १ उद्योग पर्याटन वन तथा वातावरण मन्त्रायलबाट विनियोजन ५० लाख रुपैयाँ अलग शिर्षकमा खर्च भएको स्थलगत निरीक्षणमा पाइएको छ । दोमुखा धार्मिक तथा पर्याटकीय विकास व्यवस्थापन संस्था अन्र्तगत दोमुखाको मुख्य क्षेत्रमा प्रदेश नं. १ ले बहु –साँस्कृतिक उद्यनको रुपमा आवशयक भौतिक संरचना निर्माण गर्न उक्त रकम विनियोजन गरेको थियो । उक्त रकम आर्थिक वर्ष ०७६/०७७ का लागि विनियोजन गरिएको हो । विनियोजित ५० लाख रुपियाँले वन मान्छे, जेब्रा, हात्ती, नंग्न युगल प्रतिमा र बुद्धको प्रतिमा राखिएको छ । यसले बह–ुसाँस्कृतिक उद्यनको प्रतिनिधि गर्छ कि गर्दैन भन्ने प्रश्न खडा भएको छ । यस विषयमा बहु–साँस्कृतिक उद्यन निर्माण समितिका सचिव तथा पर्यटन बोर्डका सचिव धनकुमार ढकालले इन्जिनियरको इस्टिमेट अनुसार काम गरेको बताए । उनले आउँदो बजेटमा नाम अनुसारको काम गर्ने समेत बचन दिएका छन् । पछिल्लो समयमा दोमुखा क्षेत्रमा निक्कै राम्रा काम भएको छन् तर स्थानीय स्तरको भौगोलिक पृष्ठभूमिलाई समेत ख्याल नगरी विषयगत रकमलाई अन्य शिर्षकमा खर्च गर्नु कतिको तर्कसंगत हो, समितिले बुझ्न आवश्यक छ ।
बहु–साँस्कृतिक उद्यनको लागि रकम विनियोजन भएपनि पहिलो चरणको आवश्यक संरचना निर्माण नहुँदा बहु–साँस्कृतिक उद्यन बनाउन स्थान निर्माण गर्नुपर्ने हुँदा नियमित बजेटको पहिलो बजेटलाई घेराबारा लगायत स्पेस निर्माणमा खर्च गरेका छौँ, बहु–साँस्कृतिक उद्यनका स्टमेटकर्ता इन्जिनियर प्रदिप नेपालले बताए । उनले बजेट नियमित आउने र चालु आर्थिक वर्षमा समेत ४० लाख बजेट विनियोजन भएकोले अबको कामहरु सबै विषयगत शिर्षकको मापदण्डमा हुने बताए । बहु–साँस्कृतिक उद्यन भनेको हात्ती, घोडा, वन मान्छे मात्रै हो ? भन्ने साप्ताहिकको प्रश्नमा पर्यटन वोर्डका व्यवस्थापक सुरज थापाले भने समितिले काम गर्नका लागि कुलबहादुर खुलालको सम्योजकत्वमा ७ सदस्य समिति गठन गरिएको थियो । उक्त समितिले बजेट अनुसारको काम गरीसकेका छन् भन्दै पन्छिए । सोही विषयमा पर्यटन वोर्डका अध्यक्ष धनप्रसाद लावतीले यस पटक बहु–साँस्कृतिक उद्यनको जग बसेको भन्दै अर्को बजेटमा नाम अनुसारको काम गर्ने बताए ।
समुदायको बहु–साँस्कृतिक उद्यन भनेको स्थानीय क्षेत्रमा बसोवास गर्ने धार्मिक र साँस्कृतिक विषय वस्तु प्रतिविंवित गर्ने संरचनाहरु छन् । जसमा बालाम, संगीनि, चण्डि, च्याब्रुङ, डम्फु, माझी जातिलाई प्रतिविंवित गर्ने साँस्कृतिक संरचना, नौमती बाजा लगायत धार्मिक महत्व राख्ने ऐतिहासिक स्मारक लगायत हुन तर प्राविधिक र समितिहरु मिलेर विषयान्तर गरी बहु–साँस्कृतिक उद्यनको खिल्ली उडाएका छन्, स्थानीय समाजसेवी इन्द्र सिगुले आक्रोस व्यक्त गरे । त्यसो त नाम अनुसारको काम नहुनुमा स्थानीय नागरिक उत्तिकै गैर जिम्मेवारी छन् । विनियोजित ५० लाख रुपैयाँले बहु–साँस्कृतिक उद्यन परिसरमा तारजाली लगाइको पाइएको छ भने ६ सय ७२ स्क्वार मिटर इन्टरलग ब्लक लगाइएको छ । त्यस्तै २ सय २० मिटरमा स्टिल रेलिङ लगाएर माथि उल्लेख गरिएको प्रतिमाहरु राखिएको छ । दोमुखा नेपाल सरकारबाट धार्मिक तथा पर्याटकीय हिसाबले सूचिकृत भइसकेको रमणिय स्थल हो । उक्त क्षेत्र पहाडको क्षेत्रमा कल–कल बग्ने कन्काई नदीसँगै जोडिएकाले पनि लोमहर्षक छ तर कालो पत्रे सडकको अभावले आन्तरिक तथा बाह्य पर्यटकहरु आउन सहज भएको छैन । अहिले सबै भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने समय हो । तर आइतबार साप्ताहिकको टीम दोमुखा पुग्दा ४ वटा वनभोज टोली मात्रै देखिए । भौतिक संरचनागत विकासका रुपमा दोमुखाको मुहार फेरिएको भएपनि यस पटक कोभिड १९ कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्रलाई थलो नै बसायो । अन्य वर्षहरुमा दैनिक हजारौँको सङ्ख्यामा दोमुखा प्रवेश गर्ने आगन्तुकहरु यस पटक भने न्युन देखिए । उक्त क्षेत्रमा एक करोड बराबरको चिल्ड्रेन पार्क समेत निर्माण भएको छ । तर संरक्षणको अभावले उक्त क्षेत्र समेत सुनसान देखिन्छ । त्यहाका संरचनाहरु खिया लागेको, भत्केको अवस्थामा छन । चिल्ड्रेन पार्कदेखि पचास मिटर मुनी सुइमिङ पुल समेत निर्माण भइरहेको छ ।
भिमेश्वर कन्स्ट्रसनले निर्माणको जिम्मा पाएको सुइमिङ पुलमा हालसम्म ५४ लाख बराबरको मात्र काम भएको छ । नियमित बजेट अनुसार निर्माण गर्दै गरेको उक्त सुइमिङ पुलको कुल लागत ४ करोडको रहेको बताइएको छ । उक्त बजेट शिवसताक्षी नगरपालिकाले विनियोजन गरेको हो भने यस आर्थिक वर्षमा सुइमिङ पुल निर्माणका लागि बजेट विनियोजन नभएको बताइएको छ । सुइमिङ पुल तथा चिल्डे«न पार्कलाई जोखिम हुने गरी पूर्वपट्टि रहेको कन्काई माइले कटान गरिरहेको छ । उक्त संरचना र नदीको दुरी अन्दाजी ६० मिटर मात्र रहेको भन्दै शिवसताक्षी नगरपालिकाले १५ लाख रुपैयाँ तटबन्धनको लागि छुटाइएको बताइएको छ । चिल्डे«न पार्कमा प्लेस्टेशन, चाकाचुली, रक काइम्बिड तीन वटा कटेज, हाइड एण्ड सिक, डाइनोसरको प्रतिमा जम्पिङ सेट, टे«न, घुम्ने पिङ लगायतका अन्य घेराबारा सहितको संरचनाहरु छन् । उक्त संरचना एक करोड लागतमा निर्माण भएको हो भने उक्त बजेट शिवसताक्षी नगरपालिका, प्रदेश सरकार मार्फत आएको हो ।