शिवसताक्षी

लामो समय बैदेशिक रोजगारीको सिलसिलामा प्रदेशी भुमिमा श्रम गरेर फर्केका बर्ष ३७ का पुर्णकुमार लावतीले  झापाको शिवसताक्षी ७ बाट वडाध्यक्षको उमेद्धारी दिएका छन ।  
फाक्तेपका स्थायी बासिन्दा लावती डुडामारी मार्ट एण्ड कफी सपको संचालक समेत हुन ।उनले नेकपा एकीकृत समाजवादी पार्टीबाट वडाध्यक्षमा  उम्मेदवारी दिएका छन । पछिल्लो समय राजनीतिप्रति युवाको वितृष्णा बढ्दै गएको र त्यसलाई सुधार्न आफू चुनावमा होमिएको लावती बताउँछन् । ‘युवाहरुलाई अहिले राजनीतिप्रति नै वितृष्णा पैदा भइसक्यो । यो भनेको राजनीतिमा उनीहरुलाई प्रत्यक्ष सहभागी नबनाएर वा अवसर नदिएर हो,’ , लावती भन्छन , ‘युवाले पनि अवसर पाए धेरै काम गर्न सक्छन् भनेरै उम्मेदवारी दिएको हुँ । उनले भने ।


राजनीतिमा युवाहरुको उपस्थिति हुने भए पनि अवसर पाउनेबेला पुरानै अनुहार दोहो¥याउँदा युवाहरुमा निराश बढ्दै जाने लावती सुनाउँछन् । ‘यतिसम्म भइसक्यो कि अब उनीहरु नेपालमा भविष्य नै छैन भनेर परदेश नै अन्तिम गन्तव्य बनाउन थालिसकेको अवस्था छ । आफुले पनि लामो समय प्रदेशमा पसिना बगाएकोले  प्रदेशको पडिा के कस्तो हुन्छ आफु स्वयमले प्रत्यक्ष भोगेकोे छु त्यसैले यदि वडाको बागडोर आफुले समहल्न पाए वडामा नै श्रम र रोजगारको श्रृजना गरि बिदेश पलयनलाई न्यनीकरण गर्दै आय आर्जन तर्फ वडाबासीलाई उन्मुख गराउने आफ्नो मुख्य एजेण्डा रहेको उनले भने ।
लावतीले भने युवाको सपना, आकांक्षा युवाले मात्रै बुझ्ने भएकाले युवाशक्ति नेतृत्वमा आउँदा त्यसले राजनीति संरचनामात्रै नभएर विकासमै परिवर्तन ल्याउने दाबी गरे । ‘युवाहरुसँग ठूलो शक्ति र ऊर्जा हुन्छ । तर, राजनीति सधैं विवादित भइरहँदा त्यो वितृष्णा पैदा भइरहेको छ । ठूलो युवाशक्ति र युवा जनशक्ति पलायन भइरहेको छ,’ उनी भन्छन्, ‘त्यसैले पनि अब पालिकाहरुमा युवा आउनुपर्छ नेतृत्व पाउनुपर्छ ।’अनि मात्र देशको मुहार फेरिन्छ ।
त्यसैगरि  सोही ७ नम्बर वडामा यसपाली नेकपा एमालेले मित्रलाल तिवरीलाई उमेद्धारी खडा गरेको छ । भने नेपाली काँग्रेसले भुवानी बिक्रम चेम्जोङलाई उमेद्धारी बनाएको छ , त्यस्तै लिम्बुवान पाटीले किराण लिङदेनलाई वडाको कमाण्ड गर्न अघि सारेको छ । यी ४ जना मध्ये  पुर्ण लावती उमेरले कान्छो रहेको बताइएको छ ।