शिवसताक्षी

नेकपा एकीकृत समाजवदी पार्टी शिवसताक्षीले शनिबार वृहत् घर दैलो अभियान गरेको छ । शिवसताक्षी ७ को लालपानीमा नेकपा एसले उपमेयरका प्रत्यसी उम्मेद्वार नवीन इजमसहित वडा अध्यक्षका प्रत्यासी जुझारु युवा नेता पूर्णकुमार लावती खूल्ला वडा सदस्यहरु जितेन्द्र पाण्डे, गुमनसिह राजवंशी, महिला सदस्य दुर्गा बिष्ट र दलित महिला सदस्य भगवती दर्जी मतदाताको घरदैलोमा गई मत मागेका थिए । मतदातालाई कसरी आफ्नो पक्षमा पार्न सकिन्छ र बढी मत प्राप्त गर्दे जित हासिल गर्न सकिन्छ भन्ने दौडधुपका साथ आफ्ना नेता ,कार्यकर्तासहित मतदाताको घर दैलोमा गएको हो । २ हजारको हारहारीमा आफ्ना कार्यकर्तासहित मतदाताको घरमा पुगेका उम्मेद्वारहरूलाई मतदाताले लालपानी बजारमा भव्य स्वागत समेत गरेका थिए । अघिल्लो निर्वाचनमा सोही वडामा अध्यक्ष पदमा भारी मतले विजयी भएर त्यस क्षेत्रको चौतर्फी विकासमा ठूलो योगदान पुर्याएको भन्दै नवीन इजमको मतदाताले प्रशंसा समेत गरेका थिए । जुझारु, प्रभावशाली र दुरदृष्टी भएका नेताको रुपमा कहलिएका इजमलाई मतदाताले पुनः उपमेयरमा हेर्न चाहेको बताएका थिए । भौगोलिक विकटताको बावजुद पनि पूर्वाधार निर्माण सडक ग्रावेल, भौतिक संरचना लगायत धेरै विकासे योजना पार्न सफल भएका इजमलाई त्यस भेगका नगरिकको ठूलो साथ सहयोग रहेको पाइएको छ । सो अवसरमा उपमेयरका प्रत्यासी इजमले आफू विजयी भएपछि चन्द्रडाँगी र लालपानी जोड्ने निर्माणाधीन झोलुङ्गे पुलले पूर्णता पाउने र सडकहरु कालोपत्रे हुने समेत मतदातालाई बताएका छन् । उनले आफूसहित आफ्ना सम्पूर्ण टिमलाई जिताउन समेत आग्रह गरे । हाल त्यस भेगका नागरिकलाई वर्षातको समयमा वडा तथा नगरको सेवा लिनको लागि सुरुङ्गा भएर लामो दुरीको बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ । यस ७ नम्बर वडामा ६ हजार ७ सय २५ को हाराहारीमा मतदाता संख्या रहेकोमा लालपानी क्षेत्रमा मात्रै १ हजार २ सयको हाराहरीमा रहेको बताइएको छ ।