विर्तामोड

“पठन सँस्कृतिको विकाससँगै सकारात्मक सोच सहित सु(सँस्कृत युवा नेतृत्व” भन्ने मुल नाराका साथ डिपिएल विर्तामोडको साधारण सभा तथा पद हस्तान्तरण सम्पन्न भएको छ ।
विर्तामोड स्थित झापा नाट्यघरमा सम्पन्न साधारण सभामा डिपिएल नेपालका संस्थापक अध्यक्ष भेषराज न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि न्यौपानेले कार्यक्रमको उद्घाटन गर्दै समाज रुपान्तरणमा अध्ययनको खाँचो रहेको बताएका छन् ।
न्यौपानेले मानिस महान हुनुमा अध्ययनका साथै ध्यान हुनुपर्नेमा जोड दिए । उनले डिपिएल विर्तामोडले छोटो अवधिमै ठूलो फड्को मारेको बताउँदै आफूले संस्था स्थापना गर्दा देशमा यति ठूलो युवाशक्तिहरु डिपिएलमा आकर्षित हुने अनुमान समेत नगरेको बताएका छन् ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि नेपाल जेसिज वर्ष २०२२ क्षेत्र क निरुपित उपाध्यक्ष कुमारसिंह साँवाले आफ्नो मन्तव्य राख्दै डिपिएल नेपालको बारेमा छोटो समयमा आफूले चिन्ने अवसर पाएको बताएका छन् । साँवाले डिपिएल नेपाल र नेपाल जेसिजका कार्यक्रम मिल्दाजुल्दा भएकाले यसलाई सीमित ठाउँमा नराखी सम्पूर्ण पालिकाहरुका युवाहरुलाई समेट्न आग्रह गर्दै नवनियुक्त कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
डिपिएल नेपालको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै राष्टिूय महासचिव प्रविन पाठकले पठन सँस्कृतिमा आजका युवाहरु नलागेको बताउँदै पठन सँस्कृतिलाई अघि बढाउन डिपिएल नेपालको स्थापना भएको बताएका छन् ।
कार्यक्रममा डिपिएल टिन्स दमक अध्यक्ष गौरव घिमिरे, डिपिएल टिन्स संस्थापक अध्यक्ष प्रतिक प्रधान, डिपिएल पोखरा महासचिव मनिस गिरी, डिपिएल दमक महासचिव गंगाप्रसाद खतिवडा, डिपिएल कनकाई उपाध्यक्ष विसाल कँडेल, डिपिएल दमक अध्यक्ष अमिर अलि, डिपिएल कनकाई अध्यक्ष मदन प्रसाई, डिपिएल गण्डकी संस्थापक अध्यक्ष तथा डिपिएल नेपाल सदस्य वसन्त गिरी, सफल व्यवसायी तथा समाजसेवी महेश न्यौपाने, लाइफलाइन हस्पिटल दमकका प्रतिनिधि समिक्षा थपलिया, डिपिएल नेपाल महासचिव देवेन्द्र प्रसाई, डिपिएल नेपाल वरिष्ठ उपाध्यक्ष जीवन सापकोटा, शैशव मञ्च नेपाल झापाका अध्यक्ष टिकाराम बाँस्तोला, डिपिएल नेशनल बोर्डका संस्थापक उपाध्यक्ष दिवाकर गुरुङ लगायतको आतिथ्य तथा मन्तव्य रहेको थियो ।
अधिवेशनबाट वर्ष २०२२ का लागि अध्यक्षमा अस्वीन देउजा सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी कार्यसमिति पदाधिकारीहरुमा निवर्तमान अध्यक्ष आशिष दाहाल, वरिष्ठ उपाध्यक्षमा विद्या सिग्देल, उपाध्यक्षद्वयमा अनुज लुइँटेल, कञ्चन सिवाकोटी सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा सरोज खरेल, सचिवमा सन्देश दाहाल, कानुनी सल्लाहकार सोनी भट्टराई, कोषाध्यक्षमा प्रत्यासा मैनाली लगायत कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमका संयोजक रोहन सिग्देलको रहेको थियो भने प्रथम सत्रको अध्यक्षता आशिष दाहालको रहेको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव विद्या सिग्देल र डिपिएल राष्टिूय युथ बोर्डका संस्थापक निरुपित केन्द्रिय उपाध्यक्ष दिवाकर गुरुङको रहेको थियो ।