चौतारी बचत तथा ऋण सहकारी संस्था ली शिवसताक्षी –८ झिलझिले झापाको ९ औ साधारण सभा तथा चौथौ अधिवेशबाट धनबहादूर बान्तवा राई निर्वाचित भएका छन् ।
शनिवार झिलझिलेको किरात राई यायोख्या भवनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष इन्दूकुमारी राई, सचिवमा मिलनकुमार दुमी राई, सह–सचिवमा राजिव पोखरेल र कोषाध्यक्षमा मञ्जु राई सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा आइतराज थिङलावो (कुमार), उषा गजमेर, भुवन प्रधान, हर्कध्वज लिम्वू निर्वाचित भएका छन् । अधिवेशनले गणेश ढुङ्गेलको संयोजकत्वमा तिन सदस्य लेखा उप–समिति समेत गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा कुमार राई र पर्मिला तामाङ रहेका छन् ।
कार्यक्रम उत्घाटन गर्दै जिल्ला सहकारी संद्य झापाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गणेश ढकालले संस्थालाई लक्ष्यमा पु¥याउन सामाजिक उद्यमशिलतामा जोड दिनुपर्ने बताएका छन् । उनले सहकारी संस्था सामूहिक बलबाट मात्र सञ्चालन हुने हुँदा संस्था सेयरमुखी हुनुपर्नेमा जोड दिए । कार्यक्रमका विशेष अतिथि शिवसताक्षी नगरपालिका वडा नं ८ का अध्यक्ष केयरसिंह बस्नेतले हृद्यमा इमान्दारी काँधमा जिम्मेवारी भएर लाग्न सक्यो भने समाज रुपान्तरण हुने बताए । कार्यक्रममा संस्थापक अध्यक्ष पवन चाम्लिङ राईले २८ जना बाट ५० रुपैँयाले सुरु गरेको चौतारी साकोस स्थापित भएकोमा खुशी व्यक्त गर्दै सेयर सदस्यहरु सचेत भएर संस्थाको गतिविधिमा जिम्मेवार भएर लाग्न सेयर सदस्यलाई आग्रह गरेका छन् । संस्थाले अझै थुप्रै काम गर्न बाकी रहेकोले अब आउने नयाँ समितिले अपुरो कामलाई पुरा गर्नुपर्नेमा सुझाव दिएका छन् ।


कार्यक्रममा छिमेकी साकोसका सचिव उदयप्रकाश राईले भ्रष्टचारमुक्त समाज निर्माण गर्न सहकारीले अहम भुमीका निर्वाह गरेको भन्दै नव निर्वाचित समितिलाई बधाई ज्ञापन गरेका छन् । कार्यक्रममा किसान सहकारी संस्थाका व्यवस्थापक चन्द्रिका तामाङ , सुलभ साकोसका सह–व्यवस्थापक गणेश श्रेष्ठ लगायतको उपस्थिति तथा मन्तव्य रहेको थियो । कार्यक्रममा एक करोड ९७ लाख, ६६ हजार ६ सय ६६ रुपैँया ८७ पैसा बरावरको आय व्याय प्रस्तुत गरिएको थियो भने संस्थाले खुद नाफा ३५ लाख ४५ हजार ७ सय २२ रुपैँया ८१ पैसा नाफा कमाएको प्रतिवेदन सार्वजानिक गरिएको थियो । संस्थाले १४ करोड ३६ लाख ५० हजार ६ सय ६२ रुपैँया ५२ पैसा बराबरको कारोबार गरेको छ । संस्थाले यस वर्ष सेयर लाभांस ८ प्रतिसत ब्याज फिर्ता ३.५ प्रतिशत र संचित पुँजी कोष ३.५ प्रतिशत गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गरेको छ । कार्यक्रममा उत्कृष्ट बचततर्फ ताराप्रसाद बाँस्कोटा, उत्कृष्ट ऋणीतर्फ निर्माला लिम्वू, उत्कृष्ट कर्मचारीतर्फ दिलकुमार राई, बाल बचततर्फ सिर्दाथ खापुङ, इस्पेसल बचततर्फ विष्णुमाया दंगाललाई नगद, सम्मान–पत्र र खदाले सम्मानित गरिएको थियो । भद्र दुमी राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मिलनकुमार राईले गरेका थिए भने सञ्चालन गणेश ढुङ्गेलले गरेका थिए ।