धरमपुर ÷समृद्ध तराई मधेस आयोजना अन्तरगत शिवसताक्षी–१ धरमपुरमा पावर ड्रिल डिप वोरिङ् गाड्न सुरु गरीएको छ । ६ लाख रुपैँयाको लागतमा निर्माण सुरु गरीएको उच्च कोटिको ट्युव वेल ड्रिलिङ कम्पनी धनगढीले उक्त काम सुरु गरेको हो ।

सोमबार एक कार्यक्रमबीच उक्त कामको शिलान्यास भएको छ । शिलान्यास गर्दै प्रदेश सांसद् झलकसिंह दलार्मीले तराई मधेसलाई कृषिमा आत्मानिर्भर बनाउन यस आयोजनाले सहयोग पुग्ने बताएका छन् । ६ इन्च पाएपको माध्यमबाट जमिनमुनीबाट आउने पानीले स्थानियहरुको १२ विगाह जमिनमा पर्याप्त सिचाइ गराई किसानलाई लाभान्वित बनाउने बताइएको छ ।