पाचँथर ÷पाँचथरको फेदेनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च÷संघीय लिम्बुवान मञ्च नेपालमा संघीय लिम्बुवान पार्टी नेपाल समाहित भएको छ । १०ं +१ प्रान्तको लागि लडिरहेको एक मात्र संघीय पार्टीको रुपमा उभिएको मञ्चमा अरुणपूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य स्थापनाको माग राखी गतिबिधि गर्दै आएको सञ्जुहाङ् पालुङवाले नेतृत्व गरेको पार्टी समायोजन भएको हो ।पहिलो चरणमा कुमार लिङदेन मिराकले नेतृत्व गरेको मञ्चमा समायोजन प्रक्रिया शुरु गरिएको मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ्ले बताए ।कार्यक्रममा बोल्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका उपाध्यक्ष तथा संगठनको तर्फबाट एकता तथा समायोजन बार्ता टोलीका संयोजक समेत रहेका गुरुङले लिम्बुवानजन्य संगठनहरु छिन्नभिन्न हुँदा आन्दोलन कमजोर हुँदै गएकाले एकता र समायोजनको प्रक्रिया सुरु गरिएको बताए । मञ्चमा एकीकरण वा समायोजन गर्नलाई दलहरुलाई बाटो खुल्ला गरिएको समेत उपाध्यक्षले उद्घोष गरे ।

त्यस्तै संघीय लिम्बुवान पार्टी नेपालका उपाध्यक्ष तथा उक्त संगठनको तर्फबाट बार्ता टोलीका संयोजक रामकुमार लिङदेनले पाँच पार्टी लिम्बुवानजन्य संगठनहरुबीच एकता भए पनि बिवादका कारण फुट हुँदा अन्ततः लिम्बुवान प्राप्तीको आन्दोलनलाई नै घाटा भएकाले अब एकिकृत शक्ति निर्माण गरेर लडनलाई एकता भएको बताए ।समायोजन प्रक्रियाको पहिलो चरण अन्तर्गत संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष रामकुमार लिङदेन, क्या.सुरेन्द्रप्रकाश जबेगु, केन्द्रीय सदस्यहरु सिंहराज नेम्बाङ, शशी जबेगु, सीता जबेगु, कर्ण काम्बाङ लगायत नेताहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालमा समाहित भएको मञ्चका महासचिव तथा वार्ता समिति सदस्य संगम खनालले बताए ।मञ्चका उपमहासचिव तथा वार्ता समिति सदस्य दिल कुमार लावतीले समायोजन प्रक्रियाले लिम्बुवानमा थप राजनीति उर्जा मिलेको बताउदै अब नेताहरुलाई समेत समायोजन गरिने बताए ।

फेदेनमा भएको कार्यक्रममा केन्द्र तथा जिल्ला तहका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल, पाँचथरका अध्यक्ष सागर केरुङको अध्यक्षता र सचिव मधु केरुङको संचालन रहेको थियो ।