शिबसताक्षी । झापाको शिबसतक्षी ६ ले किसान लाई निःशुल्क पशु बिमा गर्नशुरु गरेको छ ।
नवनिर्वाचित अध्यक्ष मनोज खुलालको नेतृत्वमा वडाका पशुहरुको बिमा गरिएको हो । किसानहरुले पालन गरेको पशु चौपायहरुको बिमा वडा कार्यलयले गर्न थाले पछि पशु धनि किसानहरु हर्षित भएका छन । बिमा वडाको १ लाख ५० हजार लागत सहयोगमा नेको इन्स्योरेन्स संगको सहकार्यमा १ हजार वटा गाई, भैसी र उन्नत जातका बाख्रा सहितको बिमा गरेको वडा सचिब बिमल बास्कोटाले बताएका छन । उनका अनुसार उक्त बिमो बाट १ करोड  भुक्तानी हुने सम्मको बिमा गराएका छौ  ।   बिमा गरे पछि एक वर्षभित्र पशु मरेमा त्यसको मूल्यको ९० प्रतिशत रकम कम्पनीले किसानका घरमै पुगेर दिने बताइएको छ ।

व्यावसायिक रूपमा पशुपालक किसानले बिमा गरेपछि पशुमा लाग्ने महामारी रोगबाट हुने क्षतिको सामना गर्नु पर्दैन । व्यवसायमा गरेको लगानी खेर जानबाट जोगिन पशुमा गरेको बिमा धेरै प्रभावकारीहुने भएको वडा सचिब बिमल बास्कोटाको भनाइ छ । बिमा गरेका पशु दुर्घटना, रोग तथा महामारीबाट मरेको खण्डमा बिमा कम्पनी घरमै पुगेर दाबी भुक्तानी गर्ने लगाउने वडा कार्यलयले जनाएको छ ।

पशु बिमा गर्दा बिमा कम्पनीले सिरियल नम्बरसहितको ट्याग पशुका कानमा लगाइदिन्छन् । बिमा दाबी भुक्तानी लिन किसानले पशु मरेको बारे तीन दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने व्यवस्था छ ।
मरेको पशु गाढेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिश पत्र कम्पनीमा पेश गरेपछि कम्पनीले दाबी भुक्तानी दिने व्यवस्था छ ।