सुष्मा आचार्य
मनोविमर्शकर्ता
कपिलबस्तु

मनोसामाजिक

मनोसामाजिक शब्द मन र समाज मिलेर बनेको छ ।

समाजमा विभिन्न समयमा घट्ने धेरै प्रकारका घटनाहरूले मानिसलार्ई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेका हुन्छन् । आफ्ना विभिन्न क्रियाकलापहरूद्वारा मानिसले समाजमा पनि निरन्तर प्रभाव पारिरहेको हुन्छ । यी सम्बन्ध र प्रभाव दुवै गतिशील हुन्छन् । यसैलाई आधार मानी भन्ने हो भनें व्यक्तिको मन र समाज बीचको गतिशील सम्बन्ध र एक अर्कामा (व्यक्तिको मनमा, शरिरमा र समाजमा) पर्ने निरन्तर प्रभावलाई मनोसामाजिक भनिन्छ ।
प्रत्येक व्यक्तिको मनको कुरा शरिरले प्रकट गर्ने वा व्यवहारले देखाउने भएकोले गर्दा मन सँगै व्यक्तिको शरिर पनि समावेश हुनेगर्दछ त्यसैले यसलाई त्रिपक्षीय सम्बन्ध भनेर पनि भन्न सकिन्छ ।

मनोसामाजिक समस्या परेका वा अत्यन्न तनाव भएका सबै महिला तथा पुरुषमा एकै किसिमको प्रभाव देखिंदैन । हरेकले भिन्दा–भिन्दै किसिमका लक्षणहरु देखाउँछन् साधारणतया तनाव ग्रस्त मानिसमा निम्न किसिमका असामान्य व्यवहारहरु देखा पर्दछन् ।

  • व्यवहारिक रुपमा :– निद्रामा डराउने, तर्सने, चिच्याउने, नराम्रो सपनाहरु देख्ने, काममा ध्यान केन्द्रित गर्न नसक्ने, बढि चिन्ता गर्ने, डराउने, अनावश्यक शंका गर्ने, रुने, झगडा गर्ने आदि ।
  • सामाजिक रुपमा :– एक्लै बस्ने, घरमै बसिरहने, कम कुरा गर्ने, खुलेर कुरा नगर्ने, साथीहरुसँग घुलमिल नहुने कतैपनि जान नरुचाउन, सम्बन्ध गाँस्न समस्या आदि ।
  • शारीरिक रुपमा :– टाउको दुख्ने, पेट दुख्ने, विरामी भइरहने, हात खुट्टा गल्ने आदि ।

मनोसामाजिक समस्या
(Psychosocial Problem)

व्यक्तिको मनोवैज्ञानिक पक्ष (सोचाई विचार, विश्वास, धारणा, भावना÷संबेग, विश्वास, इच्छा, व्यवहार, ज्ञान, चेतना, सामना गर्ने श्रोतहरू) र सामाजिक (जस्तै परिवार, छरछिमेकी, साथीभाई नातागोता, बिद्यमान सहयोग प्रणाली, अन्र्तसम्बन्ध, रीतिरिवाज, परम्परा, सामाजिक मूल्य÷मान्यता, सामाजिक संरचनाहरु) आधारहरूबाट उत्पन्न भएका समस्याहरूलाई मनोसामाजिक समस्या भनिन्छ ।

  1. यस धर्तीमा जन्मेको हरेक महिला, पुरुष एक्लै बाँच्न सक्दैन
  2. उसलाई बाँच्नको लागि उ जन्मेको, बसेको वातावरण जस्तै घर, परिवार र समाजको आवश्यकता पार्दछ ।
  3. घर, परिवार, समाजसँग घुलमिल गर्न काम साटासाट गर्दा राखिएको सम्बन्ध र यसको प्रभाव वा नतिजा मनोसामाजिक सम्बन्ध हो । यो सम्बन्ध सकारात्मक र नकारात्मक दुबै हुन सक्छ ।
  4. सकारात्मक सम्बन्ध मनोसामाजिक स्वास्थ्य र नकारात्मक सम्बन्ध वा भाव मनोसामाजिक अस्वास्थ्यता हो ।
  5. घर, परिवार, समाजमा बस्दा, रहँदा हाम्रो सम्बन्ध सँधै एकनासको हुन सक्दैन किनकी महिला, पुरुष, परिवार र समाजको सोचाइ, चालचलन, परम्परा, व्यवहार, संस्कृति फरक फरक हुन्छ ।
  6. एउटै परिवार र समाजभित्र रहेका २ व्यक्तिबिच वा २ महिला बिच व्यक्तिगत क्षमताका कारण पनि फरक हुन्छ ।
  7. यसरी कुनै पनि महिलाले आपू, आप्नो परिवार र समाजमा निरन्तर बस्दा, रहँदा महिलालाई नकारात्मक प्रभाव पयो, त्यो प्रभावले ती महिलाको दैनिक गर्ने काममा पनि असर प¥यो, उसको आत्मविश्वासमा कमि आयो भनें महिलाको मनोसामाजिक स्वास्थ्यमा प्रभाव प¥यो भनिन्छ । यो अवस्था लामो समय सम्म पनि रहिरहयो त्यसलै उक्त व्यक्तिको दैनिक कृयाकलापमा असर पा¥यो र व्यक्तिमा लक्ष्यणहरु दिन प्रतिदिन घट्दै जानुको सट्टा झन झन बढ्दै गएमा व्यक्तिमा देखिएका त्यस्ता समस्यालाई मनोसामाजिक समस्या भन्न सकिन्छ ।
 
 

मनोसामाजिक समस्या निम्तने कारणहरुः





  • अनलाईन प्रेम सम्बन्ध
  • अचानक अनपेक्षित घटना घट्नु
  • प्राकृतीक प्रकोप वा विपती बाढी,पहिरो, भु–क्षय, आगलागि, भू–कम्प जस्ता विपत्तिहरु आउँदा दुर्घटनामा पर्नु वा देख्नु
  • आफन्त वा प्रीयजनको मृत्यु
  • घरेलु हिंसा पारिवारिक भैझगडा,कलह
  • बलात्कारमा पर्नु
  • कुटपीट
  • यातना
  • द्वन्द्व,हिंसा
  • दाईजो
  • छाउपडी
  • सामाजिक हिंसा बोक्सी प्रथा, यातना, दुव्र्यवहार, यौन दुव्र्यवहार, बालविवाह, बहुविवाह
  • गरिबी
  • अंग भंग हुनु वा चोटपटक लाग्नु
  • लैंगिक विभेद
  • जातिय विभेद
  • माया ममताको कमी
  • वेवास्ता÷हेला गर्ने
  • आफुले आशा गरे भन्दा विपरीतको नतिजा प्राप्त भएमा
  • प्रेममा तथा पढाईमा असफलता
  • दीर्घकालिन रोगहरु एचआइभि-एड्स, क्यान्सर,मद्यपान

मनोसामाजिक सुस्वास्थ्य
मनोसामाजिक सहयोग एक त्यस्तो विधि वा अवधारणा हो जसको उद्देश्य व्यक्तिको सुस्वास्थ्यलाई माथि उठाउनु हो । जसकोलागि वातावरणसँगको सम्बन्धमा केन्द्रित रही काम गर्दछ । मनोसामाजिक सहयोग तथा अवधारणा विकास गर्न, व्यक्तिको मनोसामाजिक सहयोग तथा सुस्वास्थ्यलाई मुख्य तीनवटा कुराले प्रभाव पारेको हुन्छ । ती निम्नानुसार छन्

  • ब्येक्तिको क्षमता :- व्यक्तिको क्षमता भनेको उसको शारीरिक तथा मानसिक स्वास्थ्य सँगसँगै उसँग भएको सीप तथा ज्ञान हो ।
  • सामाजिक संरचना :- सामाजिक संरचना भन्नाले व्यक्तिको समाजसँगको सम्बन्ध तथा सहयोग हो जुन मनोसामाजिक सुस्वास्थ्यको लागि महत्वपूर्ण हुन्छ ।
  • धर्म र संस्कृति :- समुदायको व्यक्तिले कुनै पनि घटना तथा अवस्थालाई कुन रुपमा लिएको छ वा त्यसप्रति उसको प्रतिक्रिया कस्तो छ भन्ने कुरा धर्म र संस्कृतिले प्रभाव पार्दछ ।

व्यक्ति एउटा परिवारको सदस्य हो । परिवार समाजमा हुन्छ । समाज समाज मिलेर विश्व बनेको हुन्छ । त्यसैले कुनै पनि व्यक्ति पूर्ण रुपले मनोसामाजिक तवरले स्वस्थ भएको खण्डमा पूरै विश्व नै मनोसामाजिक रुपले स्वस्थ हुनसक्छ ।

भावना तथा संवेग व्यक्त गर्ने तरिकाहरु
(Idioms of Distress)

नेपाली समाज तथा संस्कृतिमा व्यक्तिहरूले भावना तथा संवेग सँग सम्बन्धित समस्याहरू स्पष्ट रुपमा व्यक्त गर्न सक्दैनन् । यसो हुनुको पछाडि समाजले यस्ता समस्याहरूलाई त्यति महत्व नदिनुको साथै शारीरिक समस्याहरूलाई धेरै प्राथमिकता दिने गरेको पाइन्छ । जसको कारण व्यक्तिहरूले मनोसमाजिक समस्याहरूलाई शारीरिक समस्या मार्पmत् व्यक्त गर्ने गर्दछन् । जस्तैः टाउकोमा जातो राखे जस्तो हुने, सिल्कना हान्ने, मुटु भत्भती पाल्ने, छाति फरफराउने, सोला हान्ने, चस्का पस्ने, खरो हुने, जिउ गल्ने, मन आत्तिने, चिन्ता रोग, थाक लाग्ने, मैयाँ लाग्ने, डाइने लाग्ने, कपाल दुख्ने आदि ।

मनोशारीरिक सिकायत वा गुनासो
(Psychosomatic Complain)

व्यक्तिको मन भित्र दबिएर रहेका व्यक्तिगत, भावनात्मक तथा सामाजिक समस्याहरू शारीरिक समस्याका लक्षणहरूको रूपमा देखिएमा यस्ता शारीरिक समस्यालाई मनोशारीरिक सिकायत भनिन्छ ।

कहिलेकाहिं मानिसहरूमा एउटा वा सोभन्दा बढि शारीरिक समस्याहरू देखा पर्छन् जुन डाक्टर, स्वास्थ्य परिचारिका (NURSE) अथवा स्वास्थ्य सहायक कसैले पनि किटान गर्न सक्दैनन् र यदि उपचार उपलब्ध गराएको अवस्थामा पनि उपचार अप्रभावकारी नभएर बिरामी पुनः पहिले कै स्थिति वा अझ बढी समस्याहरूबाट प्रभावित हुन जान्छ । भावनात्मक तनाव उच्च स्तरमा भएको व्यक्तिमा यस्तो समस्या देखापर्छ । यसलाई क्रियात्मक गुनासो ९ँगलअतष्यलब िऋयmउबिष्लतक० पनि भनिन्छ । यी लक्षणहरू शारीरिक रूपमा वास्तविक नभए तापनि समस्या प्रभावित व्यक्तिले यी लक्ष्यणहरूलाई वास्तविक नै हो भन्ने ठान्छन् ।

प्रायःजसो यस्तो समस्या हुँदा तल दिएका जस्ता शारीरिक समस्याहरु देखा पर्दछन् ः

टाउको दुख्नु, छाती दुख्नु÷पोल्नु, स्वास फेर्न गाह्रो हुनु, निल्न गाह्रो हुनु, रिंगाटा लाग्नु, वाक्वाकी आउनु, कम्मर दुख्नु, पेट गडबढि हुने, ढाड दुख्नु, छालामा
दागहरु देखिनु वा छाला चिलाउनु, बारम्बार पिसाब लागिरहनु, पखाला लाग्नु, पुरै जीउ दुख्नु, शरिर कमजोर भएको तथा थकाइ लागेको महशुष हुनु आदि ।

तनाब ( Tension ) दबाब (Stress ) ले कसरी शारीरिक समस्या बढाउन सहयोग गर्दछ
पहिला :- चिन्ता र तनाबको कारणले मांसपेशी (मासु) साह्रो (खुम्चिने) हुन्छ । जब मांसपेशी साह्रो हुन्छ यो एउटा पीडादायी हुन्छ । जस्तो :- जब घाँटी पछाडिको मांसपेशीमा यस्तो हुन्छ जसले गर्दा टाउको दुख्न थाल्दछ । जब आन्द्रा वरिपरिको मांसपेशी खुम्चिन्छ यसले पेट दुख्ने समस्या उत्पन्न हुन्छ ।

दोस्रो :-जब तनाब र चिन्ता हुन्छ यसले शरिरमा हुने गरेको एड्रिनल भन्ने ग्रन्थीले बढि मात्रामा एड्रिनलिन भन्ने ग्रन्थी रस उत्पन्न गराउँदछ । यसले कुनै समस्याको सामना गर्नको लागि एकदमै सहयोगीको भूमिका खेल्दछ तर यसले शरिरमा नराम्रो (अप्ठ्यारो) शारीरिक समस्या उत्पन्न गराउने कारण पनि बन्न सक्छ । जस्तो :- छाती दुख्ने, मुटुको ढुकढुकी बढाउने आदि ।

तेस्रो :- राम्रोसित स्वास प्रश्वास नहुँदा दिमागमा अक्सिजन मात्रामा कमी हुन्छ । जसको कारणले गर्दा चिन्ता रोगको शारीरिक समस्या देखा पर्न सक्छ । यसका लक्षणहरुमा रिंगटा लाग्ने, मन्दगतिले टाउको दुख्ने, निसासिएको महशुस हुने, मुटु ढुक्ढुकी बढ्ने, स्याँ–स्याँ हुने, जिउ चिलाइरहने जस्तो हुने ।

चौथो :- रमाइलो ÷ उमंगमा भएको अवस्थामा भन्दा उदास अथवा दिक्क भएको अवस्थामा तपाईंको शारीरिक संवेदनामा धेरै हदसम्म केन्द्रीत हुनुहुन्छ र त्यसप्रति अझ धेरै चिन्तित (शारीरिक संवेदना) हुनुहुन्छ ।

पाँचौं :- शारीरिक लक्षणहरु समय अनुसार देखिने हुन्छन् । तिनीहरु कम दबाबमा भएको अवस्थामा अथवा त्यति व्यस्त नभएको अवस्थामा देखिन सक्छन् ।

मनोशारीरिक सिकायतको व्यवस्थापन (Management)

  • घरपरिवार तथा साथीभाईले व्यक्तिको समस्या अवस्थाको बारेमा जानकारी लिनु । यदि समस्या परेको व्यक्ति अत्याधिक मात्रामा पीडित भएको छ भनें सो समस्या कुन समय र अवस्थामा हुन्छ सो कुरा पत्ता लगाउनुपर्दछ ।
  • शारीरिक परिक्षण गर्नु र शारीरिक परिक्षणको नतीजा (परिणाम) बारेमा छलफल गर्नु । व्यक्तिलाई कुनै खास किसिमको डरलाग्दो रोग नभएको खुशीको खबर सुनाउने । तर कहिले काहीं समस्या छैन भनेर भन्नु हुँदैन किनभनें सो समस्याहरु मनिसको दृष्टिकोणमा सही हुन सक्छ ।
  • साथीभाईले केही लक्षणहरुमा अरुले भन्दा धेरै ध्यान दिन सक्नु हुन्छ । यदि तपाइको परिवारको कुनै सदस्य तथा आप्mनो नजिकको कुनै साथी रोग को कारण चिन्ताजनक अवस्थामा छन् र ती रोगको शुरुवाती लक्षण हाल तपाईंले अनुभव गरिरहनु भएको छ भनें तपाइ यसमा धेरै चिन्तित हुन थाल्नु हुन्छ र यसको बारेमा यति धेरै सोच्नु हुन्छ की त्यस समयमा तपाईंले अरु लक्षणहरुमा धेरै देखाउन सक्नुहुन्छ त्यसैले धेरै सोच्ने वा चिन्तित भइरहेने नगर्नुहोस् ।
  • अन्य भावनात्मक समस्याहरु जस्तै उदासीनता तथा चिन्ताले गर्दा पनि तपाईलाई एकदमै गाह्रो बनाइरहेको हुन्छ । चिन्ता तथा उदासीनता पनि लक्षणका कारक बन्न सक्दछन् त्यसैले चिन्ता तथा उदासीनता कम गर्ने उपयाहरु बारे छलफल गर्ने ।
  • औषधी उपचारले मद्दत नपुग्ने कुरामा विश्वास दिलाउनु पर्दछ । महिलालाई स्वास्थ्य परिक्षणको जरुरत नभएको जानकारी पनि दिनु पर्दछ । यदि महिलाले अत्याधिक मात्रामा शारीरिक पीडा भएको महशुष गरेको अवस्थामा शारीरिक दुखाई कम गर्नको लागि सम्बन्धित विशेषज्ञको सल्लाह अनुसार औषधी खानको लागि अनुरोध सम्म गर्न सकिन्छ ।

समाप्त