पर्शुराम ढुङ्गाना शिवसताक्षीको राजनीतिक पृष्ठभूमिमा एउटा स्थापित नाम हो । उनले विभिन्न राजनीतिक परिवर्तनको कालखण्डमा विद्यार्थी जीवनदेखि नै लोकतन्त्र र समाजवादको सिद्धान्तलाई अवलम्बन गर्दै नेपाली कांग्रेस पार्टीमा महत्वपूर्ण भूमिका निभाएका छन् । ढुङ्गाना नेपाली कांग्रेस शिवसताक्षीका पूर्व सभापति समेत हुन् । प्रष्ट विचार, सञ्चार गर्न सक्ने क्षमताका धनी उनी पार्टीमा इमानदार नेताका रुपमा दरिन्छन् । त्यही“ भएर २०७४ सालको स्थानीय निर्वाचनमा उनले नेपाली कांग्रेसको तर्फबाट मेयर पदको प्रत्यासी उम्मेद्वारीको रुपमा चुनावी रणसंग्राममा होमिएका थिए । निकै फरक मतका साथ पराजय भोगेका ढुङ्गानाको निर्वाचनको उम्मेद्वारीस“ग अन्योन्याश्रित सम्बन्ध छ । राजनीतिमा लामो अनुभव बोकेका ढुङ्गानाले विगतका अनुभवबाट पाठ सिक्दै आसन्न बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रस“ग चुनावी गठबन्धन गरेर शिवसताक्षी नगरपालिकाबाट मेयर पदका लागि प्रत्यासी उम्मेद्वारको रुपमा निर्वाचनका मैदानमा उत्रिएका छन् । दुवै दलको सन्तुलित मत प्राप्त गर्न सके ढुङ्गाना जीतका नजिक छन् । अहिले नगरबासीको घर दैलो कार्यक्रममा रहेका ढुङ्गानास“ग निर्वाचनका सेरोफेरोमा सतासीखबर डटकमले गरेको कुराकानीको सम्पादित अंश तल प्रस्तुत छ ।

शिवसताक्षी नगरपालिकामा तपाईको उम्मेद्वारी किन ?
— पहिलो स्थानीय निर्वाचनमा हामी एक्लाएक्लै लडेका थियौँ । एक्लै लड्दा जनताको विश्वास जित्न सकिएन । त्यही कारण नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भई शिवसताक्षी नगरपालिका मेयर पदका लागि मेरो उम्मेद्वारी हो । मेरो उम्मेद्वारी विकास र समृद्धिको लागि हो ।

तपाईको जित्ने आधारहरु के के छन् त ?
— २०७४ को निर्वाचनपछि ५ वर्षसम्म जनताहरु गुमराहमा रहेका थिए । अघिल्लो सरकारले विकास निर्माण र समृद्धिको खाका समेत कोर्न सकेन । मेरो उम्मेद्वारी नगरलाई हराभरा नमूना बनाउने जिम्मेवारीका साथ आएको हो । नगरबासीहरु अहिले हामीसँग छन् । त्यहीँ नै मेरो जित्ने आधारहरु हुन् ।

तपाई विजयी भएपछि नगरमा सकरात्मक प्रभाव पर्ला ?
— म विकासको पर्यायी बनेर नागरबासीहरुको सेवा गर्न आएको हुँ, मेरो जीतसँगै शिक्षामा आमूल परिवर्तन गराउने योजना छ । डिप्लोमा पढ्का लागि कार्यविधि तयार पारेर निःशुल्क सेवा प्रदान गर्ने । लामो समयदेखि लामबद्ध बनाएर झन्झटिलो र सास्तिपूर्ण वितरण गरिने सामाजिक सुरक्षा भत्तालाई प्रविधिमैत्री बनाएर भत्ता वितरण गराउने योजना रहेको छ । सुत्केरी भत्ताको व्यवस्था, मृत्यु संस्कारका लागि समेत १० हजार रुपैयाँ वितरण गर्ने व्यवस्था मिलाउने छु । विपन्न र अति विपन्न घरपरिवारलाई निःशुल्क बीमाको व्यवस्था गराउने, भूमिहीन जनताहरुलाई जहाँ बस्यो त्यही घर बनाइदिने संकल्प रहेको छ । कृषिमा मल, बिउ, खाद र बिजुलीमा अनुदान सहुलियत दरले शुल्क लिने । वैदेशिक रोजगारीमा गई मृत्यु भएका घर परिवारलाई ५० हजार रुपैयाँ खर्च प्रदान गरिनेछ ।

तपाई अघिल्लो निर्वाचनमा फराकिलो मतान्तरले पराजीत हुनुभएको थियो, के यो पटक जीत सुनिश्चित छ ? र कसरी ?
— २०७४ को निर्वाचनमा विपक्षी दलहरुले जनतालाई धेरै आश्वासन देखाएर भोट मागेको कारण हामीले जीत हाँसिल गर्न सकेनौँ । त्यो अभिभारा अब मेरो नेतृत्वमा हुनेछ । त्यसैले मेरो जीत सुनिश्चित छ ।


अघिल्लो पटक पनि पार्टीभित्रको कलह र अन्तरविरोध घातको राजनीतिकले नतिजा राम्रो ल्याउन सकेन, यसलाई कसरी हेर्नु भएको छ ?
— २० वर्षपछि स्थानीय निर्वाचन आएको हो, दलभित्र आकांक्षीहरु अवश्य पनि बढी देखा पर्छन् । २०७४ को निर्वाचनमा हामी चुनावी मैदानका लड्दै गर्दा पार्टीभित्र केही खटपट भएको स्विकारेको छु । यस पटक पार्टी पंक्तिमा त्यस्तो केही देखिदैन । हर्ष उल्लासका साथ नगरबासी नै उर्लिरहेका छन् । मलाई जहाँसम्म विश्वास छ हाम्रो गठबन्धनमा घात÷ अन्तरघात हुने सम्भावना देखिदैन । त्यसको लागि आधारहरु समेत धेरै छन् । हाम्रो गठबन्धन सैद्धान्तिक गठबन्धन हो ।

तपाईको चुनावी एजेण्डाहरु के कस्ता छन् ?
— भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई गठबन्धको जीतसँगै पहिलो बैठकबाट निर्णय गरेर आफ्नो कार्यकालको २ वर्षभित्रमा जग्गा धनी प्रमाण पूर्जा वितरण गछाँै । म स्वयम् पनि अव्यवस्थित बसोबासी परिवार हुँ । नगरबासीहरुको समस्या सामधान हुँदै गर्दा मेरो पनि समस्या हल हुने हुनाले यस विषयमा गम्भीर भएर लाग्नेछु ।

यो गठबन्धन निर्वाचनका लागि मात्रै हो कि यसले निरन्तरता पाउँछ ?
— केन्द्रिय स्तरबाट राजनीतिक सम्झौता भई भएको गठबन्धन हाललाई कायम नै रहने देखिन्छ । किनभने शक्ति सन्तुलन गर्दै संवैधानिक कूका लागि पनि यो गठबन्धन आवश्यक ठानिएको छ । अहिलेको राजनीतिक गठबन्धन केवल निर्वाचन जित्नका लागि मात्र होइन । शान्ति सम्झौताको हिस्सेदारी कायम गर्न पनि हो । पछिल्लो समय संविधानको अपध्वंश गर्दा हामी संविधानको रक्षाका लागि एकै ठाउँमा उभिएर त्यसको प्रतिवाद गरेका थियौँ । अब विकास निर्माणमा समेत हाम्रो गठबन्धनले महत्वपूर्ण भूमिका खेल्दछ । हामी भावानात्मक रुपमै विकासे मुद्दामा छौँ । देशभरी ५ वटा दलहरु राजनीतिक समझदारीका आधारमा गठबन्धन भएपनि आंशिक रुपमा अवस्था अनुसार गठबन्धन गरिएको छ । जुन विषय गठबन्धनको सम्झौतामा उल्लेख छ ।

शिवसताक्षी नगरपालिकाको मेयर भएपछि प्राथमिकतामा पर्ने योजनाहरु के के हुन् ?
— सतासीधाम, दोमुखा र चिल्लागढधामलाई त्रिधामको रुपमा विकास गरी सतासीधामलाई धार्मिक पर्यटन, दोमुखालाई पर्यटन प्रर्वद्धन र चिल्लागढधामलाई बहुआयमिक संग्राहलयका रुपमा विकास गर्ने मेरो प्रतिबद्धता छ ।


नगरमा भएका बेथितिहरुलाई तपाईको नेतृत्वमा कसरी सन्तुलनमा ल्याउनु हुन्छ ?
— अनावश्यक गाडी, भत्ता, अनुगमनको नाममा लिइने भत्ता नियन्त्रण गर्नेछु र भ्रष्टाचारको अन्त्य गर्नेछु । नगरमा अतिआवश्यक दमकल, शववाहन पहिलो बैठकमा निर्णय गरी व्यवस्था गर्नेछु ।

निर्वाचनमा विजय प्राप्ती पछि नगरलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाउने त होला नि ?
— म शिवसताक्षी नगरपालिकाको मेयर पदमा विजयी भएको भोलिपल्टदेखि पार्टीविहीन हुनेछु । यस नगरका सबै नगरबासीहरुलाई हेर्ने दृष्टिकोण एउटै हुनेछ । रिङरोडका सबै कामहरु द्रुत गतिका साथ कालोपत्रे गरिनेछ । फोहोर मैलाको व्यवस्थापन गर्न हाल नगरपालिकाले लिएको जग्गा बस्तीको माझमा परेकोले जनताहरुले आवाज उठाइरहेका छन् । मेरो नेतृत्वमा उपयुक्त जग्गाको व्यवस्थापन गरी जनतालाई असर नपर्ने स्थानमा डम्पिङ साइट बनाउने छु । स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि र जनताको जिविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुलाई गम्भीरतापूर्वक नगरबासीहरुको हितमा गर्दै जानेछु ।