वडाप्रति वफादार जुझारु युवा बहादुर आङ्बो शिवसताक्षी वडा नं. ११ का लागि एउटा परिचित नाम हो । २०७४ को स्थानीय निर्वाचनमा अत्याधिक बहुमत प्राप्त गरी नगर परिषद् सदस्यको पा“च वर्षे लामो अनुभव बटुलिसकेका आङ्बो जनताप्रति उत्तरदायी व्यक्तित्व हुन् । वडाबासीको मन जित्न सफल आङ्बो वडामा क्रियाशील र जनप्रिय भएकै कारण शिवसताक्षी ११ बाट नेकपा एमालेको वडा अध्यक्ष प्रत्यासी उम्मेद्वारमा टिकट पाएका हुन् । बुवा स्व. पृथीबहादुर आङ्बो र आमा समिता खेवा आङ्बोको कोखबाट २०४२ सालमा शिवसताक्षी ११ मा जन्मिएका उनी समाज रुपान्तरणका लागि लागिपर्ने एउटा सचेत युवा नागरिक हुन् । उनकै नेतृत्व तथा कार्यकालमा वडाभित्र थुप्रै विकास निर्माणका कामहरु भएका छन् । जनताको समस्यामा अग्र पंक्तिमा देखिने आङ्बो नेकपा एमालेको एउटा प्रखर कार्यकर्ता हुन् । थुप्रै अग्रज नेताहरुबाट अनुमोदित भएका उनले जनता समक्ष कसरी आफ्नो क्षमता प्रस्तुत गर्नुपर्छ भन्ने विषय सिकिसकेका छन् । जोस, जा“गरका साथ निर्वाचनको मैदानमा उत्रिएका आङ्बो वडामा जीतका नजिक छन् । प्रत्येक वडाबासीको घरदैलोमा मत माग्न पुगिरहेका आङ्बोस“ग निर्वाचनको सेरोफेरोमा सतासीखबर डटकमले गरेको कुराकानीको सम्पादित अंश तल प्रस्तुत छ ।

वडा सदस्यबाट वडा अध्यक्षसम्मको आँट गर्नुभयो कस्तो छ सम्भावना ?
— सदस्य भएर लामो समयसम्म काम गरी वडावासीहरुको सेवा गर्न पाउँदा त्यहाँबाट मैले थुप्रै अनुभवहरु बटुलेको छु । २०७४ को निर्वाचनमा वडाबासीको सेवा गर्ने मौका पाएँ र धेरै आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुसँग मेरो सम्बन्ध प्रगाढ बन्दै गयो । आफूभन्दा सिनियर नेताहरुको साथले मैले टिकट प्राप्त गरी अझ ठूलो नेतृत्व गर्न पाउने जुन जिम्मेवारी पाएको छु, त्यसलाई म विजयी प्राप्त भएपछि अत्यन्तै संवेदनशील भएर लाग्ने छु ।

वडा नं. ११ मा तपाईकै उम्मेद्वारी चाहीँ किन ?
— सबै भन्दा पहिला युवा पीडिले नेतृत्व गर्न पाउनु पर्छ भन्ने अग्रज नेताहरुबाट मलाई अनुमोदित गरियो । दोस्रो कुरा वडाबासीले मलाई विश्वास गरेर उम्मेद्वारीको लागि हौसला प्रदान गर्नुभयो । वडाको प्रत्येक दुःख–सुखमा मेरो अन्योन्याश्रित सम्बन्ध रहेकोले अनुभवको हिसाबमा मेरो नाम अग्रपंक्तिमा आउँदै गर्दा सबैको सर्मथन त्यतिकै मिल्यो । पाँच वर्षसम्म जेष्ठ नागरिक, सामाजिक सुरक्षा भत्ता र अन्य विषयहरुमा सेवा गर्न पाउँदा म अत्यन्तै हर्षित भए र फेरि पनि सेवा गर्ने मौका दिने वातावरण मिल्यो । म वडाको युवा तथा जिम्मेवार व्यक्ति भएकोले मेरो उम्मेद्वारी हो ।
® पाँच वर्षे कार्यकालमा वडाबासीलाई त्यस्तो के दिनुभयो र फेरि पनि भोट दिनुपर्ने ?
— वडामा भैपरि आउने समस्याहरु जति पनि छन्, त्यो मैले समन्वयात्मक ढंगले निर्वाह गरेँ । वडाबासीको दुःख–सुखमा सधैँ साथ दिएँ, पुल, पुलेसा, सडक ग्राभेल, तटबन्धन जस्ता कामहरुमा इच्छाशक्तिका साथ लागेँ । जनताले पाउने सेवा सुविधामा जनताका पक्षमा वकालत गरेँ । त्यसो र नै मैले पुनः अर्को ठूलो मौका पाएँ । म अझै विश्वासका साथ वडाका जल्दाबल्दा समस्याहरु समाधान गर्नेतिर लाग्नेछु । वडाबासीहरुले उठाएका उचित मागको जिम्मेवारीपूर्वक सम्बोधन गर्नेछु ।

के छ त्यस्तो नयाँ योजनाहरु ?
— शिवसताक्षी नगरपालिका वडा नं. ११ को आवश्यकतालाई पहिचान गरेर विकासको योजना अगाडि बढाउँदै वडालाई समृद्ध बनाई नमूना बनाउने मेरो योजना रहेको छ । सडक खण्डको उत्तर–दक्षिण क्षेत्रहरुमा म निर्वाचित भएकै पहिलो वर्ष ३०÷७० को योजना अगाडि बढाएर वडाका सबै सडकहरु कालोपत्रे बनाउने मेरो योजना रहेको छ । काम गर्नलाई सम्भावना र चुनौती बराबर छन्, त्यसलाई चिरेर काम गर्ने मेरो संकल्प छ । नहरचौक पश्चिम बच्चाबगर र बिरान जोड्ने बाटो, दूधे खोला अन्तर्गतको कजवे जस्ता कामहरु प्राथमिकताका साथ गर्नेछु । त्यस्तै राते खोला, बढहरे होली, दूधे खोला, सतासी खोला, झरना खोला लगायतको खोलाहरुले शिवसताक्षी ११ वासी जनताहरुलाई सँधै दुःख दिइरहेको छ । यस क्षेत्रहरुमा तटबन्धन गर्ने योजना छ ।


महिला, बालबालिका, अशक्तहरुका लागि कुनै योजना छ ?
— मेरो जितपछि महिला लक्षित कार्यक्रमहरु अगाडी बढाएर महिलाहरुलाई स्वरोजगार र क्षमतावान् बनाउने छु । बालबालिका अधिकार सम्बन्धी नगरबाट नै संयन्त्र बनाई बजेटको निकासा गरेर बालबालिका सम्बन्धी काम गर्नेछु । अशक्तहरुलाई अवस्था हेरी भत्ताको व्यवस्था मिलाउने छु । विद्यालयमा सार्वजनिक रुपमा बक्स राखेर सेनिटरी प्याड निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउने छु । जनताप्रति उत्तरदायी हुन नियम अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम वडामै गर्नेछु । स्वास्थ्य बीमा निःशुल्क वितरण गर्नेछु ।

शिक्षा र कृषिमा तपाईको योजना के छ ?
— निजी विद्यालय र सामुदायिक विद्यालयको खाडल पुर्न शिवसताक्षी वडामा रहेका सबै विद्यालयहरुलाई अंग्रेजी माध्यम बनाई शिक्षामा गुणस्तर कायम गर्नेछु । विद्यार्थीहरुलाई ओसारपोसार गर्न प्रत्येक विद्यालयहरुमा स्कुल वस तथा सिटी सफारीको व्यवस्था मिलाउने छु । विद्यायललाई बालमैत्री वातावरण बनाउन मेरो पहल रहनेछ । कृषि क्षेत्रलाई प्रोत्साहन गर्न मलखाद, बिउको व्यवस्था मिलाउनेछु । सब्जी मण्डीलाई प्रत्येक बजारमा व्यवस्थित बनाउने छु । कृषि सम्बन्धी तालिम, गोष्ठी गरेर कृषिमा अन्तनिर्भर बनाउँदै निर्यातमा जोड दिनेछु ।

निर्वाचन निकै प्रतिस्प्रर्धात्मक हुनेछन्, जित्ने आधार के के छन् तपाईसँग ?
— म जनताप्रति उत्तरदायी छु, मलाई वडाबासीले काम गर्न सक्छ भन्ने विश्वासका साथ अगाडि बढाएको छु । मैले थुपै्र योजनाहरु अगाडि सारेको छु, मसँग पाँच वर्षे अनुभव छ । म वडाबासीहरुसँग सँधै नजिक छु । राजनीतिक र सैद्धान्तिक विचार समृद्धिसँग जोडिएको छ । मैले विगतका दिनमा के गरेँ भन्ने प्रश्नहरुको जवाफ कामले गरेर देखाएको छु । मेरो जित्ने आधारहरु भनेको यिनै हुन् । वडा नं. ११ मा निर्माण भइसकेका सफा खानेपानीलाई वैज्ञानिक पद्धतिमा वितरण गरेर जनतालाई सुखी बनाउने मेरो भिजन छ । त्यही भएर मेरो जित पनि सुनिश्चित छ ।

युवा लक्षित कार्यक्रमहरु के के छन् ?
— मेरो नेतृत्वमा युवाहरुलाई सक्षम बनाउन विभिन्न तालिम गोष्ठिमा सहभागी गराउँदै दक्ष जनशक्ति उत्पादन गर्ने योजना छ । शिवसताक्षी ११ का युवाहरु दक्ष र आत्मनिर्भर बने भने मात्र क्षमता अनुसारको रोजगारी पाउन सक्छन् । खेल क्षेत्रमा नगरको संयन्त्र चलायमान बनाई बढी भन्दा बढी बजेट पास गराएर युवा लक्षित खेलकुद, फुटकल, क्रिकेट, कँराते, भलिबल लगायतलाई प्रोत्साहन गर्नेछु ।

समाजको सेवा गर्नका लागि एमाले नै चाहीँ किन त ?
— शिवसताक्षी नगरपालिकामा एमाले भनेको एउटा शक्ति निर्माण भएको पार्टी मात्र होइन, विरासत स्थापित गरेको दल हो । जसले सर्वहारा वर्गको नेतृत्व गरिरहेको छ । त्यही भएर जनताले यो पार्टीलाई विश्वास गर्ने गर्छन् । नेकपा एमालेले मात्र जनताको काम गर्न सक्छ भन्ने आम नागरिकलाई लागेको छ । त्यसैले एमालेको नेतृत्व आवश्यक छ ।