पवन चाम्लिङ राई शिवसताक्षीमा नया“ नाम होइन । उनी युवा व्यवसायी समेत हुन् । नगरलाई आमूल परिवर्तन गर्ने सपना बोकेर पहिचानका राजनीतिमा होमिएका पवन २०७९ बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचन शिवसताक्षी नगरपालिकाका जनता समाजवादी पार्टीको तर्फबाट मेयर पदको प्रत्यासी उम्मेद्वार हुन् । यो निर्वाचनको रणसंग्राममा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच राजनीतिक गठबन्धन भएको छ । हामी सपना बा“ड्दैनौं काम गरेर देखाउ“छौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउ“छौं, भ्रष्ट्राचार गर्नेलाई छाड्दैनौं भन्ने नारा बोकेर नेतृत्व हा“क्ने उद्घोषका साथ निर्वाचनको मैदानमा होमिएका पवन एउटा जुझारु र जोसिला नेता हुन् । समाज रुपान्तरणका लागि युवा जमात दक्ष र सक्षम हुनुपर्छ भन्ने विचार प्रतिध्वनित गर्दै आएका युवा नेता पवन शिवसताक्षी नगरपालिका वडा नं. ११ का हुन् । वित्तीय संस्था चौतारी साकोसका संस्थापक अध्यक्ष समेत रहेका उनी वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका थिए । दक्षिण कोरियामा श्रम बेच्न पुगेका पवन त्यहा“ समेत शिथिल बसेनन् । उनी नेपाल आदिवासी महासंघ दक्षिण कोरियाका अध्यक्ष, एनआरएन दक्षिण कोरियाका सल्लाहकार, क्रियसन नेपालका संस्थापक सचिव, झापा मिलन समाजका उपाध्यक्ष, हाम्रो जमर्को नेपालका उपाध्यक्ष जस्ता पदमा क्रियाशील थिए । जनताले वैकल्पिक शक्तिलाई रोजे उनी जीतको संघारमा छन् । अहिले उनी जनताको मन जित्न घरदैलो कार्यक्रममा छन् । निर्वाचनको सेरोफेरोमा सतासीखबर डटकमले गरेको कुराकानीको सम्पादीत अंश तल प्रस्तुत छ ।

निर्वाचनबाट विजयी हुन पार्टी संगठनले कस्तो भूमिका खेल्दैछ ?
— जनता समाजवादी पार्टीले पहिचानको मुद्दा स्थापना गर्न र देशमा राजनीतिक परिवर्तन गर्न ठूल्–ठूला योगदानहरु दिइएको छ । अहिले मेरो नेतृत्वमा दलभित्र सांगठनिक अवस्था राम्रो छ भने पार्टीको जनसंगठनहरु पनि चलायमान अवस्थामा छन् । त्यहीँ भएर मेरो निर्वाचित हुने सम्भावना बढेको छ । म पार्टीमा वैकल्पिक शक्तिको रुपमा उभिएको छु । आजभन्दा अगाडि शासन सत्तामा रजगज गरेका दलहरुबाट देश तथा नगरले केही उपलब्धी हासिल गर्न सकेन । जनताहरुप्रति नेताहरु जवाफदेही बनेनन् । कर बढाएर जनताको ढाड सेकियो । सचेत नागरिकहरु अब नयाँ शक्ति र विकल्पको खोजी गर्न थालेका छन् । निर्वाचनमा पैसाको खोलो बगाउने प्रवृति मौलाएको छ । यसले देशलाई फाइदा पु¥याउदैन, त्यो सबैलाई टुङ्गो लगाउने मेरो जिम्मेवारी पूर्ण रुपले पालना हुनेछ ।

यस नगरमा वैकल्पिक शंक्ति किन आवश्यक छ ?
— राजसंस्थाको शासन कालमा जति काम भएको थियो, देशमा आमूल परिवर्तन भएपछि जनताले विकास तथा परिवर्तनको ठूलो अपेक्षा राखेका थिए । एमाले, कांग्रेस पटकपटक राज्य सत्तामा पुगे, देशलाई भड्खालोमा हाल्नु बाहेक अरु केही गरेनन् । त्यो राज्य सत्ताले भ्रष्टाचार, आर्थिक अनियमितता, वैदेशिक ऋणको भार, बेथितिपूर्ण राजनीतिक संस्कार स्थापित गरेर देशलाई कङ्गाल बनाए । मेरो उम्मेद्वारी एमाले, कांग्रेस, माओवादी केन्द्रको कुकृत्यलाई जनतासामु ल्याएर उदाङ्गै पार्ने वैकल्पिक शक्तिको बिजारोपण गर्नु हो ।

शिवसताक्षी नगरपालिकाको मेयर पदको उम्मेद्वारी चाहिँ किन ?
— राष्ट्रिय राजनीतिले सिकाएको जुन राजनीतिक बेथिति स्थानीय स्तरसम्म आइपुग्दा अझ वृहत् बन्दै गइरहेको छ । घर–घरमा सिंहदरबार भन्ने नारा जनताले अनुभव गर्न पाएका छैनन् । सिंह र दरबारको व्याख्या अलग – अलग तरिकाले गर्ने वातावरण शासकहरुले बनाई दिएका छन् । स्थानीय सरकार अनेक विकासे बहानामा भ्रष्टाचार र आर्थिक अनियमितता मौलाएको छ । मेरो नेतृत्वमा भ्रष्टाचारलाई शून्य सहनशीलतामा रुपान्तरण गर्नेछु । जबसम्म देशमा विकास सम्भव हुँदैन तबसम्म त्यो देशको जनता सुखी हुन सक्दैन । शिक्षा, स्वस्थ्य, पर्यटन, खानेपानी, भौतिक पूर्वाधार, गाँस, बास र कपास, रोजगार जस्ता विषय विकासका आधारहरु हुन् । त्यसैले जनताका जनजीविकाको सवालमा मेरो गम्भीर ध्यान जानेछ । आदिवासी जनजाति, शिल्पी समुदाय, महिलाहरुलाई सीपमूलक तालिम गराउँदै अगाडि बढ्ने मेरो योजना छ ।

स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउन तपाईको भूमिका कस्तो रहने छ ?
— भ्रष्टाचारमुक्त नगर बनाउन जनप्रतिनिधिहरुको संयन्त्रलाई जवाफदेही बनाउँछौं । प्रत्येक चौ–मासिकमा सार्वजनिक सुनुवाई गरेर हिसाबकिताब सार्वजनिक गर्नेछौं । ब्युराक्रेसीलाई जिम्मेवार बनाउन चेक एण्ड व्यालेन्बसो सिद्धान्तलाई क्रियाशील बनाउनेछु । सबै सुविधाको पहुँचमा जनतालाई ल्याउने छौं, छिटोछरितो ढङ्गले सेवा सुविधाहरु प्रदान गर्नेछौं । शैक्षिक गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्नेछौं । विद्यार्थीलाई अन्यत्र जानुपर्ने बाध्यताबाट छुटकरा गराई शिक्षामा गुणस्तर वृद्धि गर्नेछौं । अतिरिक्त स्रोत र शिक्षा क्षेत्रमा छुट्याइएको बजेट विषयगत क्षेत्रमै लगानी गर्नेछौं । शिक्षकलाई समेत चेक एण्ड व्यालेन्समा राख्नेछौं । नगरले चालु गरेको योजनाहरुलाई पूरा गर्न कम्मर कसेर लाग्नेछु । जग्गाविहीन तथा अव्यवस्थित बसोबासीहरुको पहिचान गरी व्यवस्था मिलाउनेछु । धार्मिक पर्यटकीय क्षेत्र, चिल्लागढधाम, दोमुखा, सतासीधाम र धनुषकोटीधामलाई जोड्ने गरी विकास निर्माण गर्दै नगरको आन्तरिक स्रोतको वृद्धि गर्नेछु । नगरपालिका गठन भएपछि बजार विकास समिति पूर्ण रुपले निस्क्रिय रहेको छ । त्यसलाई नगरपालिकामा संयन्त्र विकास गरी आधिकारिक र जिम्मेवार बनाउँछौं । राजनीतिक दलको गैर जिम्मेवारीका कारण नागरिक जमातमा वितृष्णा जागेको छ । त्यसलाई फुलफिल गर्न रोजगारीको अवसर मिलाउनेछु ।

जग्गाविहीन तथा अव्यस्थित बसोबासीहरुलाई जग्गा मालिक बनाउन कस्ता योजनाहरु छन् ?
— अघिल्लो सरकारले अव्यवस्थित बसोबासी र जग्गाविहीनहरुको संवेदनशीलतामा राजनीति गरे र राज्यको ढिकुुटीको दोहन गरे । जनतालई कर माथि कर थोपारेर अझ गरीब बनाए । म निर्वाचित भएको पहिलो वर्षमा काम सुरु गरेर दोस्रो वर्षभित्र परिणाम हातमा आउने गरी अव्यवस्थित बसोबासीहरुलाई जग्गाको मालिक बनाउने मेरो प्रतिबद्धता छ ।

धार्मिक पर्यटन प्रवद्र्धनले नगरको अन्तरिक स्रोत वृद्धि हुने अवस्था छ ?
— पूर्वकै धार्मिक तथा पर्यटकीय क्षेत्र कन्काई माई, दोमुखा, सतासीधाम, चिल्लागढधाम पर्यटन प्रवद्र्धनको पर्खाईमा बसिरहेको क्षेत्र हो । शिवसताक्षीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरे मात्रै नगरको आन्तरिक स्रोतमा वृद्धि हुनुका साथै आन्तरिक तथा वाह्य पर्यटकहरुको गन्तव्यस्थल बन्न सक्छ । त्यसलाई पर्यटनको मापदण्ड अनुसार विकास गर्न सकिन्छ । जनताको आँखामा छारो लगाउनका लागि चिल्लागढधामको तल्लो छेउदेखि केही मिटर कालोपत्रे गरेजस्तो गरेका छन् । त्यसले पर्यटनको मापदण्ड पूरा हुन सक्दैन । त्यसैले रिङ्रोडसँगै जोडिएको चिल्लागढधामलाई रिङरोडसमेत कालोपत्रे गरी विकास गर्नुपर्छ । दोमुखासम्म पुग्न अहिले पनि कालोपत्रे सडक निर्माण भएको छैन त्यसलाई मेरो नेतृत्वको पहिलो वर्ष मै पूरा गर्छु । पर्यापर्यटनका सम्भावनाहरु प्रशस्तै छन्, स्थानीयस्तरको स्रोत साधनलाई परिचालन गरी स्थानीयको सहभागितामा उक्त काम गर्नेछु ।

जनप्रिय बन्नका लागि कस्तो योजना अगाडि बढाउनु हुन्छ ?
— जनप्रतिनिधि भाषण वा व्यक्तित्व मात्रले जनताको प्रिय बन्न सक्दैन । जनताले प्रत्यक्ष अनुभव गर्ने गरी जनताको काममा लाग्न आवश्यक छ । सुखी नेपाली समृद्ध नेपाल भन्ने नारालाई अगाडिको सरकारले खिल्ली उडायो । मेरो नेतृत्वमा त्यस्तो हुन दिन्न ।

खेलकुदका लागि कस्तो योजनाहरु छन् ?
— खेलकुदका निम्ति फुटबल ग्राउण्ड, फुटसल हल निर्माण गर्ने योजनाहरु बनाएको छु । साथै खेलकुदको विकास गर्न विभिन्न प्रतियोगिता सञ्चालन गरिनेछ । खेलकुद विकासका लागि एकेडेमीहरु सञ्चालन गर्नेछु । खेल सम्बन्धी तालिम तथा रेफ्री उत्पादनका लागि अन्य योजनाहरु बनाउँदै लैजानेछु ।

अन्तिममा केही भन्न छुटाएको कुराहरु छन् कि ?
— शिवसताक्षी नगरपालिकाभित्र बसोबास गर्ने नगरबासी, विभिन्न जातजाति, शिल्पी, पिछडावर्ग र सबै नगरबासीको मौलिक भाषा, लीपि, धर्म, संस्कृतिको विकासका लागि वार्षिक बजेट विनियोजन गरी समानुपातिक ढङ्गले विनियोजन गर्नेछु ।