झिलझिले – एक सताब्दी पुग्न अब केहि वर्षमात्र बाकी रहेका शिवसताक्षी–८, झिलझिलेका एक जिउदो इतिहास हुन धर्मसिंह घिसिङ । अहिलेपनि उनी झरझराउदा र हँसिलो त छन नै उर्जा पनि उत्तिकै देखिन्छ उनको मनमा ।
उनीसँग अहिलेपनि चारपुस्ता परिवार छन् । नराम्रो बाटोमा नहिड्नु ,चोरी चाकरी नगर्नु ,नाम कमाएर सबैको प्रिय बन्नु अर्तिउपदेश दिन्छन् अहिलेका पुस्ताहरुलाई । झिलझिलेसँग निक्कैे लामै इतिहासका फेरिस्त छ उनीसँग । यो नगरको सबैभन्दा ठूलो व्यवसायीक बजार हो झिलझिले । घिसिङ अहिले ९२ वर्षका भए । उनको मानसिक सन्तुलतन युवा अवस्थाकै जस्तो छ । आँखा राम्ररी देख्न सक्छन् भने कान सामान्य अवस्था भन्दा केहि कम सुन्दा रहेछन् । बुढेसकालको सहारा अखने लठ्ठि भने सधै टेकेरै हिड्छन् । पहिला कै जसरी ठूलो स्वरमा कुरा गर्न सक्ने उर्जामा कमि देखिदैन । उनका ४ छोरा र ६ छोरीबाट जन्मिएका २१ जना त नाति नातिनी मात्रै रहेछन् । पनाति छन् कि छैनन् भन्ने सम्पादकको प्रश्नमा अनविज्ञता प्रकट गर्दै थिए ।
झिलझिले अत्यन्तै पुरानो बजार हो ,जुन हप्ताको दोस्रो दिन सोमबार लाग्ने गर्छ । भनिन्छ कुनै समय यो बजारमा २० वटा राँगा र ४०वटा सुँगुर सकिन्थ्यो रे । मान्छेको भिडामभिडपनि त्यत्तिकै हुन्थ्यो । प्रविधी विकाससँगै बजारहरुमा मान्छेको भिडहरु कमहुदै गयो । एकपछि अर्को हुँदै संख्यात्मक रुपमा बजारहरु लाग्नुको यो प्रत्यक्ष असर हो ।
झिलझिले यो मानेमा पनि महत्वपूर्ण बजार हो कि झिलझिले भएर धार्मिक तथा पर्याटकीय स्थल सतासीधामको गन्तव्य स्थल हो । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको सतासीधामको मुख्य प्रवेशद्धार झिलझिलेमा छ । झिलझिले कसरी रहन गयो त ? भन्ने जिज्ञासामा धर्मसिंह घिसिङ भन्छन “झिलझिलेलाई सितापुरी नामाकरण गर्ने प्रस्ताव थियो त्यतिबेला तर सितापुरी नाम प्रश्सतै भएकोले यो ठाँऊलाई झिलझिले राख्नुपर्छ भनेर मैले नै प्रस्ताव गरेको हुँ । यो २०२४ सालको कुरो हो ,त्यतीबेला महेन्द्र राजमार्गको सर्वे हुदै थियो । हालको झिलझिले पश्चिम पट्टिको जुन कल्पट छ , त्यसको उत्तर भागमा त्यतिबेला झिल थियो । बिहान पख घामको आभाले ल्याएको सूर्यको किरणले उक्त झिलमा रहेको बोटबिरुवाको पातहरुमा मोतीदाना झै सित टल्किने गथ्र्यो । त्यसलाई नजिकबाट हेर्दा झिलझिल गरेर चम्कने भएको हुँदा यस क्षेत्रको नाम झिलझिले हुन गयो । यो बजारको नाम मैले नै राखेको हुँ । उनी थप्छन अहिलेको राजमार्गको निसाना मात्र थियो । जतिबेला २०२४ सालमा सर्वे हुदै थियो । २०२६ सालदेखि सडक निर्माण भएर गाडिहरुको आवगमन हुन थालेको उनको कथन छ । कति सालबाट झिलझिले बजार लाग्न थालेको हो ? भन्ने सम्पादकको प्रश्नमा ०२४ माघ देखि नै झिलझिले बजार लाग्न थालेको उनले ठोकेरै भने तर गते भन्न सकेनन् । सोमबारदेखि नै लागेको उनको तर्क छ । झिलझिले बजार कसरी झिलझिलेमा लगाउन सकियो भन्ने पनि एउटा इतिहास नै रहेछ । झिलझिले बजार दूधेमा लगाउने त्यतिबेला प्रयास भएको रहेछ तर घिसिङले बजार यहाँ कि दूधेमा भन्ने बारेमा चुनाबै लडेर जितेर ल्याएका रहेछन् ।
धर्मसिंह घिसिङको जन्म १९८५मा तेह्रथुमको मेयङलुङ वडा नं ५मा भएको बताउछन् । जुन हाल तेह्रथुमको सदरमुकाम रहेको छ । उनको बाल्यकाल मेयङलुङमा नै बित्यो । ११ वर्षको उमेरमा उनी बुवा आमासँगै दार्जेलिङ गएछन् । उताको ९ वर्षको बसाइमा उनले ट्रनबुल विधालयमा अध्ययन गरेछन् ,जुन केटाहरुले मात्रै पढ्ने विधालय हो । बलिहुडका नायक ऋषी कपुरले समेत सोहि विधालयमा पढेका रहेछन् । घिसिङले भने “मैले इन्टर मेट्रिकसम्म अधययन गरेर लाहुरे हुने लहडमा लागे तर हुन सकिन । त्यसपछि सिक्किमको नाम्चीमा आएर लामो समयसम्म बसेर म २०२३सालमा नेपाल आएर बस्ने क्रममा झिलझिले मेरो स्थायी कर्मथलो बन्यो ” । त्यतिबेला घिसिङले गरेका चाखलाग्दो एउटा विषय छ ,जुन अहिले हामीलाई कथा जस्तो लाग्न सक्छ । त्यसतै २०२६÷२७ सालतिरको कुरा होला घिसिङले राजधानी एक्सप्रेस नामको बस चलाउदा रहेछन्। त्यतिबेला हेटौडाबाट भिमफेदी हुँदै पासुङ,टिस्टुङ ,दामनहुँदै काठमाण्डौ पुग्नु पथ्र्यो । उनले बडा गर्वका साथ कहानी सुिनाए । घिसिङले झिलझिले विधालय समेत स्थापना गरेका रहेछन् । उक्त विधालयको विधालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेको अनुभव सुनाउछन् । पञ्चायती कालमा किसान संगठनको क्षेत्रिय सदस्य निर्वाचित भइ काम गरेको अनुभव समेत उनको छ । झिलझिले बजार समितिको अध्यक्ष सतासीधाम सामूदायिक वनको अध्यक्ष हुँदै, आफुले योगदान दिएको स्मरण गर्छन् ।
अब के गर्ने इच्छा छ ? भन्ने जिज्ञासामा उनी अब आफु उमेरले पाको भएको भन्दै अबको समय उर्जाशिल व्यक्तिवहरुलाई प्रदान गरेको बताउछन् । बेलुकी पख एक गिलासमात्र रक्सि खान मनपराउने घिसिङ मासुबिना भातै नखाने प्रतिक्रिया दिन्छन् । उनका घरमा हाल दुई श्रीमति रहेका छन् । यस्ता सताब्दि कै एक जिउदा र उर्जाशिल व्यक्तिव झिलझिलेको इतिहासमा कहिल्यै छुटाउनु नहुने नाम धर्मसिंह घिसिङको दीर्घ जीवनको कामना गर्दछौ ।