संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च÷संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल शिवसताक्षी नगरपालिका मेयरतर्फको प्रत्यासी उम्मेद्वार प्रकाश लिङ्देन एक जुझारु युवा नेता हुन् । लिम्बूवान प्राप्तिका लागि सह–अस्तित्वको राजनीतिमा होमिएका लिङ्देनको जन्म २०२८ मा पा“चथरको हिलिहाङ ३ मा भएको हो । बुवा रामकुमार लिङ्देन र आमा पञ्चमाया थेबेको कोखबाट जन्मिएका लिङ्देन एउटा कुशल राजनीतिज्ञ हुन् । उनको घर शिवसताक्षी ११ दूधेमा रहेको छ ।
रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका लिङदेनले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च÷संघीय लिम्बूवान प्रान्तीय मञ्च दक्षिण कोरियामा ३ कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । स्वदेश फर्किएस“गै राजनीतिमा होमिएका लिङदेन यस अघि शिवसताक्षी नगरपालिका अध्यक्ष थिए । हाल उनी लिम्बूवानका संघीय सदस्यको रुपमा काम गर्दै आएका छन् । शिवसताक्षीमा लिम्बूवानले केही साना दलहरु, केही नेपाली कांग्रेस पार्टीमा गठबन्धन गरेका छन् । इच्छा शक्तिका साथ सह–अस्तित्वको लडाईमा नलागे लिम्बूवानबासीको पहिचान स्थापित नहुने भन्दै लागिपरेका लिङ्देन अहिले नगरभरि मत माग्न नगरबासीको घरदैलोमा पुगेका छन् । यही निर्वाचनको सेरोफेरोमा लिङदेनले सतासीखबर डटकमसँग गरिएको कुराकानीको सम्पादित अंश तल प्रस्तुत छ ।

शिवसताक्षीमा तपाईलाई जनताहरुले किन मत दिनुपर्ने ?
— मत दिने भन्ने कुरा जनताको अधिकार हो, लोकतान्त्रिक प्रणालीमा आफूलाई मन पर्ने दल वा व्यक्तिलाई मताधिकार प्रयोग गरेर प्रतिनिधि चुन्ने विधिवत प्रकृया हो । जहाँसम्म शिवसताक्षी नगरबासीले मत दिनु पर्ने विषय छ, यो प्रतिस्पर्धामा म पनि छु । पार्टीले मलाई प्रतिस्पर्धाको लागि निर्वाचनको रणसंग्राममा सामेल गराएर एउटा अवसर दिएको छ । पार्टीले उठाएको संघीय समावेशिता, सह–अस्तित्वको जुन मुद्दा बोकेको छ म त्यसको पृष्ठपोषक हूँ । नेपालमा जबसम्म सह–अस्तित्वको विषयहरु उठान हुँदैन तबसम्म यहाँका विषयहरुको सम्बोधन हुन सक्दैन । दलहरुले जतिसुकै मत प्राप्त गरेर सरकार सञ्चालन गरेपनि देशको मुहार फेरिदैन भन्ने हाम्रो पार्टीको मान्यता हो । जनताले चाहेको जस्तो स्थाई शान्ति र दिागो विकास हुन सक्दैन । त्यसैले शिवसताक्षीमा मात्र होइन खुकुरी चुनाव चिन्ह प्राप्त गरी निर्वाचनमा होमिएका उम्मेद्वारहरुलाई जनताले मत दिनुपर्छ । फेरि मैले आजसम्म कही कतै कसैलाई व्यीक्तगत रुपमा र संस्थागत रुपमा आँच पुग्ने काम गरेको छैन । त्यसैले एउटा इमान्दार कार्यकर्ताको रुपमा शिवसताक्षीवासीले मलाई मत दिनुपर्छ भन्ने लाग्छ ।

तपाईको जित्ने सम्भावना कस्तो छ ?
— मेरो जित्ने सम्भावना बढी छ, हाम्रो पार्टीले उठाएको एजेण्डा जनताको घर दैलोमा पु¥याइरहेका छाँै । अब जनताले बिस्तारै हामीले उठाएका विषयहरु बुझ्दै जानेछन् । पार्टीको विचार र सिद्धान्तलाई आत्मसात गर्दै जानेछन् । त्यसैले म र हाम्रो पार्टीका उम्मेद्वारहरुले चुनाव जित्नेछन् ।

तपाईको जितपछि पुरानै शैलीमा नगर हाँक्ने होला नि ?
— होइन पुरानो शैली, आचरण, व्यवहारले काम गर्ने भए २००७ सालदेखि राजनैतिक दलहरु छदैछ । हामी पनि त्यही दलहरुमा लागेर जान्थ्याँै । हो त्यो शैलीले देशलाई डुबाउन लाग्यो भनेर जनता देशका लागि नयाँ दर्शन र विचार लिएर आएका छौँ ।
भावी योजनाहरु के के छन् ?
— मुख्य कुरा त भ्रष्ट्राचारको अन्त्य हो । नीतिगत होस् वा आर्थिक भ्रष्ट्राचार नगरको बजेट र अन्य स्रोतबाट आएको बजेट इमान्दारीका साथ नगर विकासमा लगाउने हो भने नगरमा धेरै काम गर्न सकिन्छ । अहिलेसम्म नगरमा भएको जम्मा विकासमा गरिएको खर्च रकम र काम सम्पन्न भएको कामको मूल्याङकन गर्ने हो भने ५० प्रतिशत भ्रष्ट्राचार भएको अनुमान गर्न सकिन्छ । त्यसको छानबिन गर्न आवश्यक छ । अब आउने दिनमा भ्रष्ट्राचारमा शून्य सहशीलता अपनाउन आवश्यक छ । नगरलाई सुन्दर, शान्त नगर बनाउने विशेषत कृषिमा आधुनिकीकरण गर्दै उत्पादन, भण्डार र बजार व्यवस्थापन र निर्यात गर्ने योजना छ ।

पार्टीको संगठानिक अवस्था कस्तो छ र जित्ने कुरा गर्दै हुनुहुन्छ ?
— पार्टीको सांगठनिक अवस्था राम्रै छ भन्नुपर्छ । किनभने ठूला कहलिएका दलहरुसँग हाम्रो स्वस्थ्य प्रतिस्पर्धा छ । पार्टीले भर्खरै मात्र नगर अधिवेशन सम्पन्न गरी जुझारु नेता तथा कार्यकर्तालाई चलायमान बनाएको छ । पार्टीको भातृ संगठनहरु पनि चलायमान छ । सबैले आ–आफ्नो तर्फबाट लिम्बूवान प्राप्तिका आन्दोलन लडिरहेका छन् ।

लिम्बूवानको राजनीतिक पृष्ठभूमि साँधुरो छ भनिन्छ नि ?
— यो लिम्बूवानवासीहरुलाई बताउनु पर्ने प्रश्न गर्नुभयो । संघीय लिम्बूवान नेपालको पृष्टभूमि नेपालको सबै राजनीतिक दलहरुको भन्दा फराकिलो छ । पहिलो कुरो त हाम्रो पार्टीको नाम संघीय लिम्बूवान प्रान्तीय मञ्च राष्ट्रिय मञ्च हो । यसले १०+१ प्रान्तको अवधारणा अघि सारेको छ । त्यस मध्ये प्रान्तीय शाखा मात्र हो लिम्बूवान । संघीय लोकतान्त्रिक प्रान्तीय मञ्चको झण्डा मुनि अरु ११ वटा प्रान्तीय झण्डाहरु छन् । प्रान्तीय मञ्च बाहेक विशेष भौगोलिक र सामाजिक हिसाबले हिमाल, पहाड, तराई, पूर्व, पश्चिम नेपालमा भएका सबै वर्ग, क्षेत्र, लिङ्ग, समुदाय समेट्ने पृष्ठभूमि भएको भूगोलको दर्शन छ । सबै धर्म भाषालाई सम्मान रुपले सर्वाङ्गीण विकास गर्ने हाम्रो भिजन हो ।


लिम्बूवान सबैको साझा दल हो भन्न किन सक्नु भएन ?
— हामी सह–अस्तित्वमा विश्वास गछौँ । त्यसैले संघीय लिम्बूवान प्रान्तीय मञ्चमा नेपालको सबै जनता, समुदाय सहभागी हुन पाउने खुल्ला व्यवस्था छ । सबै पूर्ण रुपले फुल्नफल्न पाउनु पर्छ भन्ने हाम्रो पार्टीले मान्यता राख्छ । त्यसैले यो सबैको राजनीतिक दल हो । एकात्मक र केन्द्रकृत समान्त सोच भएकाहरुले लिम्बूवानलाई बुझेर वा नबुझेर कुनै एक जातिको रुपमा बकम्फुसे हल्ला फिजाएका छन् । हामी यस पत्रिकामार्फत के विषय प्रष्ट राख्न चाहान्छौँ भने लिम्बूवान एउटा भूगोलको ऐतिहासिक नाम हो । यो लिम्बूवानबासीहरुको साझा घर हो, इतिहास मेट्न कसैलाई छुट छैन । नेपालमा एउटा एक जमात यस्तो संकुचित सोच भएका मानिसहरु बस्छन्, जुन एकात्मक शैलीमा विचारहरु सार्वजनिक गर्छन् । एक जना नेपाली माथि उठ्यो भने आफू होचो देखिन्छु भन्ने जुन सामन्ती सोच छ त्यसलाई बढार्न आवश्यक छ । एउटा समुदाय माथि उठ्यो भने रैती जस्तो व्यवहार गर्न पाइदैन, घुमाएर खाने बाटो बन्द हुन्छ भन्ने सामन्ती सोच छ । उनीहरुले लगाएको यो एउटा आरोप मात्र हो । उदाहरण स्वरुप लिम्बूवानले चुलाचुली गाउँपालिकामा एउटा वडा सेटै जितेको छ । के त्यहाँ माथि भनिएको जस्तो व्यवहार भएको छ ? उक्त पालिकामा लिम्बूवानले नेतृत्व सम्हालेपछि विकृतिको नाश भएको छ, समानुपातिक विकास भएको छ । त्यो नै एउटा साझा नेतृत्वको दृष्टान्त हो ।

निर्वाचनमा विजयी प्राप्त भएपछि कस्तो छ योजना ?
— शिवसताक्षी नगरपालिकाको मेयर पदको मेयर उम्मेद्वारी हो । वैकल्पिक शक्ति र वैज्ञानिक राजनीतिबाट आमूल परिवर्तन गराउने हो भने मेरो जीत निश्चित छ । विजयी भएपछि नगरबासीको सेवा गर्ने मौका मिल्ने छ । कल्भर्ट, बिजुली, तटबन्धनको जनसहभागितामा काम गर्ने योजनाहरु मैले बनाएको छु । अघिल्लो सरकारले धेरै यस्ता योजनाहरु पनि छन् जुन कोठाभित्र सिमीत छन् । नगरपालिका पार्टीको कार्यकर्ता भर्तीकेन्द्र बनेको छ र त्यहाँको प्रमुखले औँला हल्लाएको भरमा समिति बनाएर काम गरिन्छ । यसबाट नगरको बजेट चुहावट हुन्छ । यो वेथितिपूर्ण प्रवृत्ति हो । म नगरमा नगरबासीले मौका दिएको खण्डमा सर्बपक्षीय रुपमा काम गर्ने प्रतिबद्धता जाहेर गर्दछु । नगरका विषयगत समितिहरुमा पनि छलफल गरिनेछ । जस्तै कृषिलाई मान्न सकिन्छ, कृषिमा प्राविधिकहरु त्यति दक्ष देखिदैनन्, त्यहीँ कारण कृषिको अवस्था खस्किदो छ । नेपालमा निर्यातमूखी उत्पादन गर्न कृषिलाई केन्द्रमा राख्न सकिन्छ । कृषिमा आधुनिकीरकण, भण्डारण, बजार व्यवस्थापनसहित निर्यातको लागि योजना तर्जुमा गर्नेछु । भाषिक तथा सांस्कृतिक विकासका लागि योजना निर्माण गरी नगरको वार्षिक बजेटमा पर्ने भ्रमण, सेमिनार जस्ता अनुत्पादक बजेट हटाई भाषा प्रर्वद्धनका लागि खर्च गर्नेछु । वडा–वडामा भाषा भाषी सिक्ने, मातृभाषा उन्नयन जस्ता क्षेत्रमा लगानी गरी पिछडिएको समुदायलाई चेनता फैलाउने छु । विद्यालयहरुमा भाषा सिक्न इच्छुक विद्यार्थीहरुलाई प्रौढ शिक्षाको अवधारणामा कक्षा सञ्चालन गर्नेछु । यस विषयलाई निरन्तरता दिनेछु । योजनाविद् तथा शिक्षाविद्हरुको परामर्शमा सबै प्रकारको विषयलाई अटाउने गरी योजना तर्जुमा गर्नेछु ।

जग्गाविहीन तथा अव्यवस्थित बसोबासीहरुलाई तपाईको नेतृत्वले सम्बोधन गर्छ ?
— भूमिविहीन तथा अव्यवस्थित बसोबासीलाई मेरो नेतृत्वमा सम्बोधन गर्नेछु । शिवसताक्षी नगरपालिकाले जग्गाविहीनलाई प्रशासन प्रयोग गरी जबरजस्ती उठाइएको थियो । लिम्बूवानले दवाव दिएपछि भूमिहीनहरु उठिबास हुनबाट बचेका थिए । यस नगरमा नेतृत्व गरिरहेका दलहरुले धेरै अवसर त प्राप्त गरे तर अवसर प्राप्त गर्नेहरु पनि अहिले उदासिन बनेका छन् । वास्तवमा धनीपुर्जा दलहरुको भोट माग्ने एउटा ऐजेण्डा मात्रै बन्यो । राजनीतिक दलहरुले पहिले गरेका प्रतिबद्धता फगत बने । अब के भनेर अव्यवस्थित तथा भूमिहिनहरुलाई सम्बोधन गर्ने विषय गर्भमा छ । हाम्रो पार्टीले नेतृत्व प्राप्त गरेपछि संघीय तथा प्रदेश सरकारसँग समन्वय गर्दै शिवसताक्षीका सबै राजनीतिक दल नागरिक समाजसँग छलफलको माध्यमबाट तार्किक निष्कर्ष निकालेर जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने हाम्रो योजना छ ।

तपाईले नेतृत्व गरेको राजनीतिक दल सूचनामैत्री बन्न सकेन भन्ने आरोप छ नि ?
— हाम्रो पार्टीको आफ्नै अनलाइन खबरहरु छन्, अन्य सामाजिक सञ्जाललाई चुस्त दुरुस्त बनाउँदै लगिरहेका छाँै । सूचनाका अन्य माध्यमहरु छापा, विद्युतीय माध्यमहरु हामीसँग जोडिएका छन् ।

जेष्ठ नागरिक, महिला, बालबालिका, आदिबासी, पिछडावर्ग राज्यले उपेक्षा गरेको समाजलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
— लामो समयसम्म राज्यसत्तको बागडोर सम्हालेका शासकहरुले वर्ग, लिङ्ग, आदिबासीहरुलाई उपेक्षा गरेको छ । त्यही कुरा समधान गर्न हाम्रो पार्टीले समानता, समावेशी, सह–अस्तित्व र पहिचानको मुद्दा उठाएको हो । लिम्बूवानको दर्शनले मात्र यो देशको समग्र विकास गर्न सक्छ । दिगो शान्ति कायम गरी सुखी र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ । जबसम्म लिम्बूवानले वैज्ञानिक राजनीतिक सिद्धान्तलाई जनताबाट अनुमोदन गर्न सक्दैन तबसम्म जष्येठ नागरिक, महिला, बाल बालिका, श्रमजिविहरुको संरक्षण सम्मान र सुरक्षा हुँदैन । एकात्मकवादी सोचका शासकहरु यही कमजोरीले गर्दा नै भ्रष्ट्रीकरण हुँदै गइरहेको छ ।