झापा शिवसताक्षी ११ दूधेका एक व्यक्तिको कोरोना कारण मृत्यु भएको छ । उनी ५६ वर्षिय राई थरका व्यक्ति हुन् ।
विगत केही समयअघिदेखि बिरामी भएका उनी उपचारका लागि धरानस्थित विपी कोइराला स्मृति प्रतिष्ठानमा गएका थिए ।
त्यहाँ उनको गत सोमबार अप्रेसन गरिएको थियो र मंगलबारदेखि उनलाई जेनेरल वार्ड सारिएको पारिवारिक स्रोतले बताएको छ । तर, बुधबार अचानक ज्वरो आएपछि उनको पिसिआर चेक जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
पारिवारिक स्रोतका अनुसार उनको घाँटीदेखि नाइटोसम्म चिरी अप्रेसन गरिएको र फोक्सोमा पलाएको ट्युमर निकाली रिपोर्ट पर्खाइको क्रममा थियो । पोजेटिभ देखिएपछि मृतक आफैं हिंडेर एम्बुलेन्समा चढी कोभिड अस्पताल गएको बताइएको छ ।

शिवसताक्षीमा यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि वडा न ६ का वर्ष २९ का मृगौला पीडित एक व्यक्तिको मृत्यु भएको थियो ।