लेबननका प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको सामुहिक राजीनामा
एजेन्सी – लेबननका प्रधानमन्त्री हसन डिएबसहितका सबै मन्त्रीहरूले राजीनामा दिएका छन् । राजधानी बेइरुतमा शक्तिशाली बिस्फोट भएको एक सातापछि प्रधानमन्त्री डिएबसहित सबै मन्त्रीहरूले सामुहिक राजीनामा दिएका हुन् । प्रधानमन्त्री हसन डिएबले सोमबार बेलुका टेलिभिजनमार्फत सम्बोधन गर्दै सामुहिक राजीनामा दिएको घोषणा गरेको बीबीसीले जनाएको छ । नेताहरुको बेवास्ता र भ्रष्टाचारका कारण देशको अवस्था खराब बनेको तथा सोही कारण बिस्फोट भएको आरोप लगाउँदै जनस्तरमा आक्रोश चुलिएपछि लेबनन संकटमा फस्दै गएको छ । कम्तीमा २२० जनाको ज्यान जाने गरी गत मंगलबार बेइरूतमा भएको बिस्फोटमा ६ हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

यो पनि हेर्नुहोस
कमल गाउँपालिकाको आव २०७९\८० को बजेट पारित, बजेट सन्तुलित भएको राय
जनप्रतिनिधि नरहदा पनि जनप्रतिनिधि कै आभाष
स्थानीय सञ्चार नीतिमा समेटिनुपर्ने विषयबारे कार्यशाला
वर्षा रोकिएसँगै बाढीपीडित भई विस्थापित भएकाहरु घर फर्कन थाले
विपन्न ५०घरपरिवारलाई बाख्रा उपहार
शिवसताक्षीमा मेयरसँग बालबालिका कार्यक्रम सञ्चालन हुने– नगर प्रमुख थोप्रा