–आकृती तिम्सीना
ब्याङडाँडा ÷सुख–दुःखमा नेकपा एमाले,गरीब निमुखा सर्वाहारा वर्गको पार्टी भन्ने नाराका साथ अग्नि पिडित एक घर परिवारको घर निर्माण गरीने भएको छ । दुई साता अघि शिवसताक्षी –७ झारबारीका रामबहादूर खड्काको घरमा आगलागि भइ घरमा भएको सम्पूर्ण सम्पति नष्ट भएको भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संंघ नेपालले उक्त घर निर्माण गरिदिन बुधबार घरको शिलान्यास गरेको छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालकि केन्द्रिय सदस्य निशा निङ्लेखुले आपत विपतमा परेकालाई पार्टीले सधै सहयोग गर्ने बताइन् । कार्यक्रममा पार्टीका सचिवालय सदस्य तुलसी बास्कोटा ,राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटिका सदस्य सन्तोष पौडेल ,शिवसताक्षी पार्टी नगर कमिटीका सदस्य बुद्धिराज लक्सम ,युवा संघ नेपाल क्षेत्र नं ४का सदस्य देवेन्द्र खरेल ,शिवसताक्षी नगरपालिकाका बोड सदस्य जितेन्द्र शाह ,मदन भण्डारी स्र्पोटस एकाडेमी नगर अध्यक्ष सुजन भेट्वाल ,सचिव सागर राई लगायतको उपस्थिती रहेको थियो । शिलान्यास गरिएको उक्त घर ४ कोठाको रहने छ भने यसको लागत ६ लाख बराबरको हुने युवा संघ नेपाल शिवसताक्षीका अध्यक्ष फुर्वा लामाले बताएका छन् । उनका अनुसार उक्त घर ४५ दिन भित्रमा निर्माण पुरा गरि सम्बन्धित पिडितलाई बुझाइने छ । २ साता अघि विद्युत सट भइ घरमा भएको सम्पूर्ण धनमाल नष्ट भएको थियो । युवा संघ नेपाल शिवसताक्षीका अध्यक्ष फुर्वा लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन दिपक भेट्वालले गरेका थिए ।