एजेन्सी -इजरायलले एन नयाँ विवादास्पद कानुन पारित गरेको छ । यो कानुनले सरकारलाई कोरोना भाइरससँग जोडिएका यस्तो प्रतिबन्ध लागू गर्ने अधिकार दिन्छ, जसमा संसद्का सीमित हस्तक्षेप हुनेछ ।

इजरायलको नयाँ ‘ग्राण्ड कोरोना ल’ अनुसार क्याबिनेटले आवश्यक ठानेको विषयमा लकडाउन जस्तो प्रतिबन्ध लागू गर्ने अधिकार प्राप्त गर्छ । यद्यपि क्याबिनेटले लगाएको प्रतिबन्धको समीक्षा गर्ने अधिकार संसद्ले २४ घण्टापछि मात्र पाउनेछ । 

यो नयाँ कानुनले लोकतन्त्र कमजोर हुने भन्दै इजरायलका विपक्षी नेताले आलोचना गरिरहेका छन् । तर सरकारले भने कोरोना सङ्कटको सामना गर्न आफ्नो अधिकारलाई नयाँ ढङ्गबाट प्रयोग गर्नुपर्ने बताएको छ । 

पछिल्ला केही हप्तामा इजरायलमा दिनहुँ एक हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । जसका कारण इजरायलमा बेरोजगारी पनि बढिरहेको छ ।